हुस्सुले गर्दा झापाको धरमपुरमा बस दुर्घटना, घाईते हुनेमा विराटनगरका धेरै

<span class='c1'>हुस्सुले गर्दा झापाको धरमपुरमा बस</span> <span class='c2'>दुर्घटना, घाईते हुनेमा विराटनगरका धेरै</span>

विराटनगर । झापाको शिवसताक्षी नगरपालिका १ धरमपुरमा बस दुर्घटना हुँदा ११ जना घाईते भएका छन । बुधबार विहान काँकडभिट्टाबाट धरान आउँदै गरेको मे १ ख २५४५ नम्बरको नागरिक बस दुर्घटनामा परेको हो ।

दुर्घटनामा घाइते हुने भने धेरै जना विराटनगरवासी रहेका छन् । विराटनगर महानगरपालिका वडा नं ३ का गुणा कोइराला, दीपा निरौला, म्यारी निरौला, निर्मला निरौला, विराटनगर ४ निवासी शर्मिला कोइराला छन् । घाईतेमध्ये ५४ वर्षीया गुणा कोइरालाको टाउको र दुवै हातमा चोट लागेको छ । अन्यको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएएको छ ।

यसैगरी झापा झिलझिलेका टङ्क सिवाकोटी, आन्सा फेदेन, सुमना लिम्बु सामान्य घाईते रहेका छन् । बिर्तामोड–६ का पुष्पलाल अधिकारीको टाउको र दाहिने पाखुरा तथा चन्द्रकला अधिकारी टाउको र कम्मरमा चोट लागेको छ । झापाको कमल गाउँपालिकाका ६ शान्तिराम खतिवडाको दुवै हातमा चोट लागेको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठका अनुसार घाईतेको बिएण्डसी अस्पतालमा उपचार भईरहेको छ । चालक मेचीनगर धुलाबारी १० का टिका मेचेलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा रहेका चालक सवारी चालक अनुमति प्राप्त रहेका र मादक पदार्थ सेवन नगरेको अवस्थामा रहँदा हुस्सुका कारण सवारी दुर्घटना भएको निष्कर्ष रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्