सार्क शिखर सम्मेलन नजिकिँदै गर्दा पुर्वंमा सुरक्षा चुनौती

सार्क शिखर सम्मेलन नजिकिँदै गर्दा पुर्वंमा सुरक्षा चुनौती

सार्क शिखर सम्मेलन नजिकिँदै गर्दा पुर्वंमा सुरक्षा चुनौती रहेको प्रहरी अधिकारीहरुले अनुमान लगाएका छन् ।
आपाराधिक समुहहरु संबिधान जारी हुने दिन नजिकिँदै जाँदा त्यसलाई बिथोल्नको लागि सक्रिय भएको प्रहरीको भनाई छ । त्यो सँगै नजिकिँदै गरेको सार्क शिखर सम्मेलनमा सुरक्षा चुनौती थप बढ्दै गएको भन्दै प्रहरीले थप सुरक्षा रणनीती बनाएको बुझिएको छ ।
बंगलादेश र अन्य देशसँग नजिक रहेको पुर्वी क्षेत्रमा अहिले सुरक्षा चुनौती रहेको क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । गत कात्तिक १६ गते राती ताप्लेजुङ जिल्ला प्रहरी कर्यालयमा भएको वम बिस्पोटको घटना र त्यसको भोली पल्टै कात्तिक १८ गते राती १२ बजे पथरीमा भएको बम बिस्पोटको घटनाले थप सुरक्षा चुनौती बढाएको पुर्व क्षेत्रिय प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक नवराज सिलवालले बताउनुभयो ।
सार्क शिखर सम्मेलनलाई लक्षित गरेर पुर्बको दुई स्थानमा बम बिस्पोट नगराएको भएपनि घटनाबाट सुरक्षाको अबस्थामा थप जिम्मेवार बन्न सन्देश दिएको सिलवालको भनाई छ । सार्क शिखर सम्मेलनलाई लक्षित गरेर मात्र सुरक्षा ब्यवस्था हैन, सिलवालले भन्नुभयो, नागरिकको उच्च सुरक्षालाई मध्यनजर राख्दै पुर्वमा प्रहरीलाई हाई अलर्टमा राखिएको छ ।
अहिले पुर्बको बिभिन्न १७ नाकामा बढी निगरानी बढाईएको भएपनि ३३ नाका नै संबेदनशिल रहेको प्रहरीले जनाएको छ ।
प्रहरी नायव महानिरिक्षक सिलवालका अनुसार केही आतंककारी जस्ता देखिने समुहगत रुपमा प्रवेश हुनसक्ने अबस्थालाई ध्यान दिएर पुर्बी नाकामा सुरक्षा ब्यवस्था कडा बनाईएको छ ।
दुई स्थानमा बम पड्काउने जातिय संगठनको नाम आएपनि त्यसमा उनीहरुले आफ्नो संलग्नता नरहेको जनाएकोले त्यसको पहिचान गरी त्यसमा संलग्न पक्राउ गर्ने काम भईरहेको सिलवालले जानकारी दिनुभयो ।
बंगलादेशमा केही मुस्लीम आतंकवादी संगठनहरु सक्रिय रहेकोले नेपालमा त्यसको केही खतरा रहेपनि सिमानाकामा त्यस्तो लाग्ने ब्यक्तीलाई सोधपुछ गरेर छाड्ने गरिएको छ ।
मोरङ प्रहरीले भने रातीको समयमा समेत चेकजाँचलाई कडाई परेको छ । राती आठ बजेपछि हिड्ने सीमा क्षेत्रमा आवत जावत गर्नेहरुको लागि खानतलास शुरु भएको छ ।
मोरङ र विराटनगरको रुट बनाएर आउन सक्ने भिआईपीलाई सुरक्षा ब्यवस्था मिलाउने कामलाई उच्च प्राथमिकता राखेको प्रहरी अन्तराष्टिय आतंकबादीको समेत थ्रेड रहेको बताउँछ । मोरङका प्रहरी प्रवक्ता प्रभु ढकाल हुन सक्ने सम्भाबित घटना बारेमा सुरक्षाको चारवटै निकाय सतर्क रहेको बताउनुहुन्छ ।
थे्रडको एनलाईसिस भएका ठाउँहरुमा निगरानी बढाउने, अन्तराष्टिय आतंकबादीको प्रबेश हुन सक्ने स्थानमा बढी प्रहरी परिचालन गरिएको ढकालले जानकारी दिनुभयो ।
पुर्बको नाका प्रयोग गरी आतंकवादीहरु नेपाल प्रवेश गरीहाले प्लेन चढेर काठमाण्डौ जानसक्ने भन्दै प्रहरीले विमानस्थललाई पनि निगरानी बढाएको जनाएको छ ।
मोरङको ५३ किलोमिटर खुल्ला नाका रहेको कारण पनि मोरङलाई सुरक्षामा चुनौती देखिन्छ भने, झापा, ईलाम, ताप्लेजुङमा सुरक्षा चुनौती रहेको सम्बन्धित जिल्ला प्रहरी अधिकारीहरुको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्