जिल्ला प्राविधीक कार्यालयले नया भवनमा कार्यालय संचालन

जिल्ला प्राविधीक कार्यालयले नया भवनमा कार्यालय संचालन

विराटनगर,कार्तिक २५ : जिल्ला प्राविधीक कार्यालयको नया भवनमा कार्यालय संचालनका लागी आज कार्यालय परिसरमा भव्य रुपमा वास्तु एंव रुद्र् र पुजा गरिएको छ ।
भवनको स्वस्ति शान्तीका लागी कार्यालयका कर्मचारी तथा गुरुहरुले वास्तु पुजा गरेका हुन । जिविस अगाडी रहेको कार्यालयको भवन कार्यसम्पदानका लागी सागुरो भएपछी जिल्ला विकास समितिको भवनमा तेश्रो तल्ला थपेर नया कार्यालय स्थापना गरिएको हो । सो कार्यालयका लागी १७ लाख रुपैयाको लागतमा नया तल्ला थपिएको प्राविधीक कार्यालयका इन्जिनियर विनोद ओझाले जानकारी दिनुभयो । कार्यालयमा विद्युत आपुर्ति नियमित बनाउन सोलार समेत जडान गरिएको छ । सोलार जडान भएपछी काममा सहज हुने कार्यालयले जनाएको छ । नया कार्यालयको स्वस्ति शान्तिका लागी पाच घन्टा लगाएर पुजा गरिएको थियो । सो अवसरमा गुरुहरु मुकुन्द भटराइ, गणेश भट्राइ, रोहणी भट्राइ तथा गोपाल न्यौपानेले वैद्धिक विधि अनुसार वास्तु एंव रुद्रिपुजा गर्नु भएको थियो । नया भवनमा केही दिनभित्रै कार्यालय संचालनमा ल्याउने इन्जिनियर ओझाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्