जिल्लाका सम्पुर्ण गाविस सचिवहरुलाई आफ्नो आफ्नो कार्यस्थल फर्कन निर्देशन

जिल्लाका सम्पुर्ण गाविस सचिवहरुलाई आफ्नो आफ्नो कार्यस्थल फर्कन निर्देशन

कार्तिक २५ विराटनगर÷मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्किले जिल्लाका सम्पुर्ण गाविस सचिवहरुलाई आफ्नो आफ्नो कार्यस्थल फर्कन निर्देशन दिनुभएको छ ।

गाविस सचिव हकहित संरक्ष्ँण केन्द्र नेपाल जिल्ला कार्य समिति मोरङले आज विराटनगरमा आयोजना गरेको चौथो जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै उहाले यस्तो निर्देशन दिनुभएको हो । गाविस सचिवहरु गाविसको कर्यालयमा उपस्थित नहुदा सेवाग्राहिहरु मारमा परेको भन्दै उहाले सचिवहरुलाई आफ्नो आफ्नो कार्यक्ष्ँेत्रमा फर्कन निर्देशन दिनुभयो ।

द्वन्द्वको समयमा जस्तो सुरक्ष्ाँ चुनौति नभएकाले आफ्नो आफ्नो गाविसमा गएर सेवा प्रवाह नगर्नु कानुनको बर्खिलाप भएको भन्दै उहाले कानुनको बर्खिलाप गर्ने सचिव सजायको भागिदार हुने समेत बताउनुभयो । त्यसैगरी कार्यक्रममा बोल्दै मोरङका स्थानिय विकास अधिकारी नारायण प्रसाद मैनालीले सरकारले आफ्नो आफ्नो कार्यस्थलमा गएर सेवा प्रवाह नगर्ने गाविस सचिवहरुको तलब रोक्काको निर्देशन दिएकाले आफुलाई पायक पर्ने स्थानको जिल्ला विकास समितिलाई जानकारी गराउन आग्रह गर्नूभयो ।

जनप्रतिनिधि विहिन भएको अवस्थामा निजामति कर्मचारीहरुले दोहोरो भुमिका निर्वाह गर्नुपरेको बताउदै उहाल भरपर्र्दाे र सहज रुपमा सेवा प्रवाह गर्न गाविस सचिवहरुलाई आग्रह गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्