नाला निर्माणमा बालकहरुको प्रयोग

नाला निर्माणमा बालकहरुको प्रयोग

बिराटनगर,कार्तिक २५ : एडिभीको सहयोगमा विराटनगरमा निर्माण भई रहेको ढलको नाला निर्माण गर्न बालकहरुको प्रयोग भई रहेको पाइएको छ ।
विराटनगर ७ मा बन्दै गरेको नालामा बालकहरुको प्रयोग भईरहेको हो । कालिका कन्ट्रन्सन प्रालिबाट पेटी ठेकेदारले निर्माणको जिम्मा लिएको स्थानमा करिब ५ बालकहरु कार्यरत छन् । उदयपुरको कटारीबाट ति बालकहरु काम गर्न आएका हुन् । इटहरीका ठेकेदार चन्द्रप्रसाद भण्डारी मार्फत ति बालकहरुले मजदुरी गरिरहेकाछन् । १४ बर्ष भन्दा माथीका बालकहरु नाला बनाउने काममा खटिएको ठेकेदार भट्टराईले स्विकारर्नु भयो । तर १६ बर्षमुनीका बाल बालिकालाई त्यस्तो जोखिमपुर्ण काममा लगाउन नहुने नियम छ । यतीबेला विद्यालय सुरु भएपनि दैनीक गुजाराको लागी मजदुरी गर्न आएको बालकहरुले बताएछन् । अन्य मजदुरहरुको साथमा उनीहरु कामको खोजीमा विराटनगर आइपुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्