पहिलो पटक बिराटनगर उपमहानगरपालिकाले सामाजिक परिक्षण

पहिलो पटक बिराटनगर उपमहानगरपालिकाले सामाजिक परिक्षण

बिराटनगर,कार्तिक २७ : बिराटनगर उपमहानगरपालिकाले पहिलो पटक सामाजिक परिक्षण गरेको छ । नेपाल सरकारको सामाजिक परिक्षण निति २०६७ सालमा नै जारी गरेको भएपनि पहिलो पटक बिराटनगर उपमहानगरपालिकाले सामाजिक परिक्षण गरेको हो ।
न्युनतम कार्यसम्पादन मापनको एउटा आधार सामाजिक परिक्षण हुने भएपछि पहिलो पटक सामाजिक परिषण गरिएको बिराटनगर उपमहानगरपालिकाले जनाएको छ । बिराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपाल रेग्मीले एमसीपिएममा असफल नहुनको लागि पहिलो पटक सामाजिक लेखा परिक्षण गरिएको जानकारी दिनुभयो ।
सामाजिक जवाफदेहिता र पारदर्शिताको लागि बिराटनगर उपमहानगरपालिकाले गरेको विकास निर्माणका योजना तथा त्यसको प्रभावकारी कार्यान्वायनका लागि सामाजिक परिक्षण महत्वपुर्ण हुने सहभागिले जोड दिएका थिए ।
नगरपालिकासँगको साझेदार संस्था लगायतका ब्यक्तीहरु सहभागि कार्यक्रममा २०७०/७१ सालमा सञ्चालित विकास योजनाको बारेमा सहभागिले जानकारी लिएका थिए । समाज परामर्श सेवाको प्रस्तुतीमा भएको कार्यक्रममा बिभिन्न क्षेत्रका ब्यक्तीहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्