जोगवनीका बिद्यार्थी आन्दोलित

जोगवनीका बिद्यार्थी आन्दोलित

विराटनगरसंगै जोडिएको भारतीय बजार जोगबनीमा लागू औषधको खुला रुपमा बिक्री वितरण हुन थालेपछि जोगवनीका बिद्यार्थी आन्दोलित भएका छन् । केही दिन अघिमात्र नेपाल भारतका दुबै देशका नागरिकले उठाएर धर्ना दिएको एक हप्ता नबित्दै बिद्यार्थीहरुले आज जोगवनी नाका तिन घण्टा अबरुद्ध पारेका छन् ।

नेपालसहित भारतीय क्षेत्रका युवाहरु समेत दुब्र्यसनमा फसेको भन्दै उनीहरुले कार्तिक २२ गतेदेखि शुरु गरेको आन्दोलनमा धेरैले एक्यबद्धता जनाउन थालेका छन् ।

आज अखिल भारतीय विद्यार्थी परिषदले लागुऔषध विरुद्ध जोगबनीको मुख्य सडक खण्ड ३ घण्टा अवरुद्ध पारेका छन् । परिषद्का विद्यार्थीहरुले जोगबनीको मुख्य सडक खण्डमा बा“स तेस्र्याएर धर्ना दिदै सवारी साधानको आवतजावतलाई समेत अवरुद्ध पारे ।

उनीहरुले स्थानियवासीको अभियानलाई भारतीय प्रशासनले सहयोग नगरी वेवास्ता गरिरहेको आरोप लगाउंदै प्रशासन बिरोधी नारा समेत लगाएका छन् ।

प्रदर्शनकारीहरुले प्रशासनकै मिलेमतोमा जोगबनीमा लागुऔषधको व्यापार बढेको आरोप लगाउदै स्थानीय प्रशासन प्रमुखको राजीनामाको माग गर्दै नाराबाजी गरेका छन्।

अखिल भारतीय विद्यार्थी परिषदका प्रदेश कार्यकारिणी सदस्य राजन तिवारीले आफुहरुले लागूऔषधको खुला ब्यापारको सम्बन्धमा स्थानिय प्रशासनलाई खबरदारी गर्दै आएपनि भारतीय प्रशासनले वेवास्ता गरेको आरोप लगाउनुभयो । तिवारीले जोगबनीलाई लागुऔषध निशेधित क्षेत्र घोषणा नगरिएसम्म आन्दोलन नरोकिने बताउँनुभएको छ। भरतिय बिद्यार्थीले गरेको आन्दोलनमा नेपालका नागरिकले पनि समर्थन जनाएका छन् । जोगवनी वजारमा हुने अबैध लागुऔषध विक्रिको कारण पुर्वक्षेत्रका यूवाहरु समेत ग्राहक रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्