नागरिकले पाएको सास्तीको विषयमा विराटनगरमा नाटक प्रदर्शन

नागरिकले पाएको सास्तीको विषयमा  विराटनगरमा नाटक प्रदर्शन

देशमा संविधान बन्न नसक्दा र स्थानीय निकायको निर्वाचन हुन नसक्दा नागरिकले पाएको सास्तीको विषयमा झोराहाट नाट्य समूह झोराहाटले आज विराटनगरमा नाटक प्रदर्शन गरेको ।

शिल्पी थिएटर काठमाडौंको सहयोगमा झोराहाट नाट्य समुहले आज विराटनगरमा कुर्सि खाली छ नामका नाटक प्रस्तुत गरेको हो । नाटकमा देशको वास्तवीक परिस्थिीतीको चित्रण गरिएको छ । स्थानीय निकायको चुनाव हुन नसक्दा जनप्रतिनिधि विहिन अवस्थामा सर्वसाधारण मानिसले कति हैरान भोग्नु पर्दछ र गाउ“मा सानोतिनो विकास गर्न कस्तो समस्या हुन्छ भन्ने विषयलाई नाटकमार्फत प्रस्तुत गरिएको थियो । नाटक प्रदर्शन पछि आयोजकले नाटक हेरेका दर्शकहरुको प्रतिक्रिया समेत लिएको थियो । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, साहित्यकार लगायतको सहभागीता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्