विराटनगर उपमहानगरपालिकाको कार्य प्रति स्थानीयको असन्तुष्टी

विराटनगर उपमहानगरपालिकाको कार्य प्रति स्थानीयको  असन्तुष्टी

विराटनगर उपमहानगरपालिकाको कार्य प्रति स्थानीयले असन्तुष्टी पोखेका छन् । विकास निर्माणको कामदेखी नगरको सरसफाईमा समेत ध्यान नदिएको नगरवासीको आरोप छ ।
विराटनगर उपमहानगरपालिकाले आज नगरको विकास र निर्माणसँग जोडेर गरेको सार्बजनिक सुनुवाई कार्यक्रममा बोल्दै गरेको नगरवासीले एडिपीका परियोजनामा चरम भ्रष्टाचार भएको र विकास निर्माणको काम प्रभावकारी नभएको गुनासो गरेका हुन् । कार्यक्रममा बोल्दै स्थानीय उपभोक्ताबादी संघ संस्थाका प्रतिनिधिले नगरपालिकाको वडा कार्यालय अपडेट नगरेको, रसिद नकाटी जन्मदर्ता र विवाह दर्ता गर्दा राजश्वमा अनियमितता गरेको उनीहरुको आरोप छ ।
नगरपालिकाका कर्मचारी भ्रष्टचारी बन्नुको कारण कर्मचारी सरुवा हुन नसक्नुकोकारण सरुवा रहेको औल्याउँदै स्थानीय निकायको कर्मचारी सरुवाको माग गरेका छन् । सानातथा मझौला सहर एकिकृत वातावरणिय सुधार परियोजनाले विराटनगरको चौतर्फी विकासको लागि शुरु गरेको परियोजनाको काममा अनियमितता भएको स्थानीयको गुनासो छ ।
नगरवासीको प्रश्नको जवाफ दिँदै बिराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपाल रेग्मीले नगरपालिका गुरु योजना बनाएर विराटनगरलाई सुन्दर नगरको परिकल्पनामा रहेको भन्दै त्यसमा सहयोग गर्न नगरवासीसँग रेग्मीले आग्रह गर्नुंभयो ।
नगरपालिकालाई शुसाशन र पारदर्शी बनाउनकोलागि सबै कर्मचारीलाई निर्देशन दिँने जानकारी दिँदै नगरपालिकाले नगरवासीको सेवा सुबिधामा कुनै कसुर बाँकी नराख्ने बताउनु भयो । काम गर्दै जाँदा केही कमी कमजोरी भएको भन्दै कार्यकारी अधिकृतले त्यसलाई सच्याएर जाने प्रतिबद्धता जनाउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्