सामान्य वर्षामा पनि जलमग्न हुने विराटनगर उपमहानगरपालिकाको समस्या अब समाधान हुने

सामान्य वर्षामा पनि जलमग्न हुने विराटनगर उपमहानगरपालिकाको समस्या अब समाधान हुने

सामान्य वर्षामा पनि जलमग्न हुने विराटनगर उपमहानगरपालिकाको समस्या अब समाधान हुने भएको छ । विराटनगर उपमहानगरपालिकाले नगरलाई २ वर्ष भित्र डुवानमुक्त पार्ने परियोजनाको काम सुरु गरिसकेकाले अबको केहि समय पश्चात नै यो समस्याबाट नगरवासीले मुक्ति पाउने भएका हुन् ।

सडक, ढल र नगर विकासका लागि एसियाली विकास बैङ्कको सहयोगमा विराटनगर उपमहानगरपालिकाले नगरभित्र विभिन्न परियोजनाको काम सुरु गरिसकेको छ । २ अर्ब ३९ करोडको बजेटमा मझौला सहरको एकीकृत वातावरणीय सुधार परियोजनाले २०१६ सम्ममा सम्पूर्ण विकास निर्माणका काम पुरा गर्नेगरी कालिका कन्ट्रक्सनलाई ठेक्का लगाएको छ । अहिले बर्खाको पानी निकास हुने नालाको काम धमाधम भइरहेको छ । बर्खाको पानी निकास हुने यो नालाको जेठसम्ममा निर्माण कार्य सम्पन्न हुने परियोजनाका व्यवस्थापक उपेन्द्र बरालले बताउनुभयो ।

राजवंशी चौकदेखि रोडसेसचोकसम्म मेन रोडको पूर्वपट्टिको नालाको पानी सिङ्गिया खोलामा र पश्चिमपट्टिको पनि बस्ता खोला हुदै केसलीया खोलामा मिसिने उहाले जानकारी दिनुभयो । सो नाला बनिसकेपछि उपमहानगरपालिका को डुवान समस्या समाधान हुने कार्यकारी अधिकृत गोपाल रेग्मीले बताउनुभयो ।

२५ किलो मिटरको सो नालाको निर्माणपछि तुरन्तै ढलको निर्माण कार्यपनि सुरु गर्ने परियोजनाले जनाएको छ । उपमहानगरपालिकाको ८२ किलोमिटर क्ष्ँेत्रफलमा ढल र नालाको निर्माण हुने छ । ढलबाट निस्कने फोहोरपानीको प्रशोधन केन्द्र समेत निर्माण भईरहेको छ ।

नगरभरीका ढल प्रशोधन केन्द्रमा लगेर मिसाउने र त्यसलाई प्रशोधन गरेर मात्रै नदिमा छोडिने छ । यो परियोजना सन् २०१६ सम्म पुरा भईसक्दा नगरबाट दैनिक निस्कने ७.४ मिलियन लिटर फोहोर पानीको उचित व्यवस्थापन हुने उपमहानगरपालिकाको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्