विराटनगरका पत्रकारद्धरा सभासदलाई कलम हस्तान्तरण

विराटनगरका पत्रकारद्धरा सभासदलाई कलम हस्तान्तरण

 

विराटनगर, १ मंसिर:  तोकिएकै समयमा संविधान निमार्ण गर्न भन्दै मोरङका सभासदहरुलाई विराटनगरका सञ्चारकर्मीहरुले कलम हस्तान्तरण गरी उपहार स्वरुप दिएका छन् । नेपाल पत्रकार महासंघ मोरङ शाखाले विराटनगरमा सोमबार सभासद र विभिन्न राजनैतिक दलका प्रतिनिधिहरुसँग आयोजना गरेको अन्तक्रिया कार्यक्रममा कलम हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा नेकपा एमाले मोरङका अध्यक्ष अध्यक्ष महेश रेग्मी, सभादस चण्डी राई, नेपाली काग्रेस मोरङका सचिब यदु विष्टलगायतले बोल्नुभएको थियो । त्यस्तै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य गणेश लम्साल, मोरङका अध्यक्ष महेन्द्र विष्ट, क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय सदस्य बिवेक गौतम, प्रेस चौतारीका केन्द्रीय सदस्य विक्रम लुईटेल, प्रेस यूनियन मोरङका सभापति मिनकुमार नवदीपलगायतले नयाँ बन्ने संविधानमा प्रेस स्वतन्त्रासहितको संविधान निमार्ण गर्न आग्रह गर्नुभएको थियो ।

मोरङका ४ जना सभासदहरुलाई कलम उपहार दिएको हो । उक्त कलम पत्रकार महासंघका केन्द्रीय सदस्य गणेश लम्साल र मोरङका अध्यक्ष महेन्द्र विष्टले प्रदान गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्