६ किलो गांजा सहित तिनजना पक्राउ

६ किलो गांजा सहित तिनजना  पक्राउ

सुनसरीको महेन्द्रनगर ४ बाट प्रहरीले ६ किलो गांजा सहित तिनजनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले आफ्नै घरमा गांजा बेचिरहेकि अवस्थामा तिन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ५२ बर्षिया धन कुमारी राई, धरानका १७ का ३२ बर्षिय किसन सार्की र धनकुटा छिन्ताङ ६ का ५० बर्षिया हेम कुमारी सार्की रहेका छन् । हिजोसाँझ राईको घरबाट ६ किलो गांजा बरामद भएपछी गांजा बेचीरहेकी राई सहित उनकै घरमा रहेको अन्य दुईलाई समेतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पक्राउ परेका तिनैजनालाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखेर अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्