निजी Ôेत्रको वायुसेवा कम्पनी सौर्य एयरलाइन्सले व्यवसायीक उडान सुरु गरेको छ ।
कम्पनीले हाज विहान माउन्टेन ङ्खलाइट गरेर व्यवसायिक उडान सुरु गरेको हो । क्यानाडाको बम्बार्डियर कम्पनीमा निर्मित ‘सीआरजे २००’ जेट इञ्जिन विमानमा ५० सीट Ôमता रहेको छ । कम्पनीले नागरिक उड्डयन प्राधिकरण्ँबाट आन्तरिक उडानका लागि गत हप्ता उडान सञ्चालन अनुमति (एओसी) प्राप्त गरेको थियो । ‘सीआरजे २००’ विमानमा यात्रा गर्दा जेट विमानको मज्जा लिनुका साथै समयको समेत बचत हुने कम्पनीले जनाएको छ । कम्पनिले जहाजको सुरुवाति भाडा दर विराटनगर काठमाण्डौका लागि ४ हजार ६ सय रुपैया तोकोको छ । सौर्यले माउन्टेन ङ्खलाइट दुईवटा, विराटनगर दुईवटा र भैरहवा एक गरी दैनिक पा“च उडान गर्ने जनाएको छ । आगामि दिनमा थप दुई वटा जहाज ल्याउने कम्पनिको योजना रहेको छ ।