सरोचियामा आगलागी

<span class='c1'>सरोचियामा </span> <span class='c2'>आगलागी</span>

विराटनगर १५ सरोचियामा  रहेको रामकुमार साहको घरमा आगलागी भएको छ । आगलागीबाट दुईवटा टे«ेडिङ र एउटा फलफुल गोदाम जलेर नष्ट भएको छ । आज बिहान २ बजे सुरु भएको आगलागीबाट शिवशक्ती ट्रेडिङ, नवदुर्गा टे«डिङ र जगदम्बा फु्रट सेन्टरमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट भएको क्षतीको बिवरण नआएको भएपनि करिब एक करोडको हाराहारीमा क्षती भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
आगलागी भएको घरको तल्लो तलामा बोराको गोदाम रहेको शिवशक्ती ट्रेडिङ र माथिल्लो तलामा रहेको हार्डवेयर गोदाम रहेको नवदुर्गा टे«डिङ रहेको थियो । बोरा गोदामबाट एक्कासी शुरु भएको आगो अझै पुर्ण नियन्त्रणमा आएको मोरङ प्रहरीले जनाएको छ ।
आगलागी भए लगत्तै राती नै बारुणयन्त्रलाई खबर गरेका स्थानीयले बिराटनगरको दमकल ढिला पुगेको आरोप लगाएका छन् । धरान र ईटहरीको दमकल आउँदा समेत विराटनगरको वारुणयन्त्र आगलागी स्थलमा नआएकाले आगलागीबाट ठुलो क्षती भएको शिवशक्ती ट्रेडिङका सञ्चालक रामनाथ साहले जानकारी दिनुभयो । राम कुमार साहको घरमा रहेको उद्योग सँगै घरभित्र रहेका सम्पुर्ण समान जलेर नष्ट भएको छ । नजिकै रहेको फलफुल उद्योग समेत जलेर नष्ट भएको स्थानीयले बताएका छन् । आगो अझै नियन्त्रणमा आउन सकेको छैन् । नेपाली सेना , शसस्त्र प्रहरी तथा बारुणयन्त्रको सहयोगमा नियन्त्रणको प्रयास जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्