पूर्वाञ्चल विश्वविद्यालयलाई प्रमाणपत्र उत्पादन गर्ने कारखाना मात्र नबनाउन पदाधिकारीहरुलाई सुझाव

<span class='c1'>पूर्वाञ्चल विश्वविद्यालयलाई प्रमाणपत्र उत्पादन गर्ने</span> <span class='c2'>कारखाना मात्र नबनाउन पदाधिकारीहरुलाई सुझाव</span>

पूर्वाञ्चल विश्वविद्यालयका सरोकारवालाहरुले विश्वविद्यालयलाई प्रमाणपत्र उत्पादन गर्ने कारखाना मात्र नबनाउन पदाधिकारीहरुलाई सुझाव दिएका छन । विभिन्न तहको शैक्षिक प्रमाणपत्र उत्पादन गर्ने कारखानाका रुपमा मात्र विश्वविद्यालयलाई विकास गर्ने हो भने त्यसले झन समस्या मात्र सृजना गर्नेमा जोड दिएका हुन । हाम्रो चौतारी विराटनगरले विराटनगरमा आज आयोजना गरेको पूर्वाञ्चल विश्वविद्यालय हिजो आज र भोली विषयक अन्तरक्रिया कार्यक्रममा विभिन्न प्राध्यापक, कर्मचारी, पुर्ब पदाधिकारी, प्राध्यापक तथा नागरिक अगुवाहरुले विश्वविद्यालयले समयानुकूल शैक्षिक कार्यक्रमहरु संचालन गरेर दक्ष जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिएका हुन । विश्वबिद्यालयका पुर्व डिन प्राध्यापक डाक्टर दुुर्गानन्द चौधरीले पियुले नेपालमै पहिलो पटक बिबिए कार्यक्रम संचालन गरेको स्मरण गर्दै बजारको माग अनुसारको शैक्षिक कार्यक्रम बनाउने हो भने बेरोजगारी समस्या समाधान हुने बताउनुभयो । पियुले पहिलो पटक बनाएको शैक्षिक कार्यक्रम नेपालकै सबैभन्दा उत्कृष्ट रहेको भन्दै उहाले अबपनि शैक्षिक कार्यक्रमहरु समायानुकुल परिमार्जन गर्न र २० बर्षे रणनीतिक कार्ययोजना बनाएर शैक्षिक गुणस्तर सुधारमा लाग्न सुझाव दिनुभयो । पियु क्यानका अध्यक्ष शम्भु दाहालले विगतमा परिक्षा संचालन तथा रिजल्ट समयमा प्रकाशन नगर्दा विद्यार्थीहरु मारमा परेको भन्दै शैक्षिक क्यालेन्डर निर्माण गरेर कडाईका साथ लागु गर्नसके हाल देखिएका धेरै समस्या समाधान हुने बताए । प्राध्यापक देवराज श्रेष्ठले पियुले बिज्ञहरुको समुह बनाई अध्ययन तथा अनुसन्धान गर्ने तथा विश्वविद्यालय सल्लाहकार संयन्त्र गठन गर्न सुझाव दिनुभयो । उहाले सम्बन्धन लिएका कलेजहरुलाई पनि बृत्तिविकास र समाथ्र्य विकासका लागि आंगिक क्याम्पसहरु जस्तै अवसर दिनुपर्नेमा जोड दिनभुयो । नागरिक समाजका अगुवा डिल्ली पोखरेलले बेलाबखत पुर्वबासीले आफ्नो ठान्दा ठान्दै पनि विश्वविद्यालय टाढा जान खोजेको गुनासो गर्नुभयो । उहाले पियु त्रिभुवन विश्वविद्यालयको पुरकका रुपमा मात्र देखिएको भन्दै स्तर सुधार्न आग्रह गर्नुभयो । उहाले गोठगाउमा रहेको भौतिक संरचनाको सदुपयोग गर्न पदाधिकारीहरुको ध्यानाकर्षण गराउनुभयो । विश्वविद्यालयका उपकुलपति सिरिस रिजालले विगतमा देखिएको समस्या समाधानको प्रयत्न शुरु भइसकेको भन्दै शैक्षिक क्यालेण्डर अनुसार शैक्षिक कार्यक्रमहरु लागु गर्न आफुहरु लागि परेको जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्