मोवाइल हराउने तथा चोरीहुने क्रम वढेपछी मोरंग प्रहरीले सक्रियता बढायो ।

<span class='c1'>मोवाइल हराउने तथा चोरीहुने क्रम वढेपछी</span> <span class='c2'>मोरंग प्रहरीले सक्रियता बढायो ।</span>

मोवाइल हराउने तथा चोरीहुने क्रम वढेपछी मोरंग प्रहरीले सक्रियता वढाएको छ । जिल्ला प्रहरी कार्यालयमा मोवाइल हराउने तथा चोरीहुने सम्वन्धमा निवेदन आउन थालेपछी प्रहरीले सक्रियता वढाएको हो । हराएको मोवायल पत्तालगाउन प्रहरीले आइ एम इ आइ प्रविधि अपनाउने गरेको छ ।
केन्द्रिय अनुसन्धान व्युराले हराएको मोवाइलको आइ एम इ आई नम्बरवाट मोवाइलमा कुन सिम एक्टिभ भइरहेको छ र कसले प्रयोग गरिरहेको छ भन्ने पत्ता लगाउने गरिन्छ । यो सवै पद्धति कम्प्युटरको माध्यमवाट हुने गरेकाले मोवाइल चोर उम्कन नसक्ने प्रहरीको भनाइ छ ।
विश्वको जुनसुकै ठाउमा गएपनी हामी मोवाइल पत्ता लगाइ दिन्छौ एक प्रहरीले भने । जिल्ला प्रहरी कार्यालयमा दैनिक २० देखी २५ वटा सम्म मोवाइल हराएको तथा चोरी भएको निवेदन पर्ने गरेको छ । एक महिनामा मोरंगमा सात देखी आठसय मोवाइल हराएको निवेदन दर्ता हुने गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
हराएका मोवायल मध्ये ६० प्रतिशत मोवाइल प्रहरी र्फिता गराउन सफल भएको प्रहरीको दावी छ । दैनिक २० देखी ३० ओटा सम्म मोवाइल हराइको निवेदन दर्ता हुने गरेकोमा १६ देखी १८ वटा सम्म मोवाइल भेटाउन सफल भएको प्रहरीको भनाइ छ । अहिलेपनी जिल्ला प्रहरी कार्यालयमा ५ देखी ७ ओटा फेला परेका मोवाइलहरु छन तर पनी अहिले सम्म कोही आएका छैनन । सस्तो र पुराना मोवायल लिन नआउने प्रहरीले जनाएको छ । मोवाइल फेलापर्न थालेपछी प्रहरीमा निवेदन दिने क्रम वढेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्