तरुण दल मोरङको अधिवेशनमा नेतृत्वका लागि कडा प्रतिस्पर्धा

<span class='c1'>तरुण दल मोरङको अधिवेशनमा</span> <span class='c2'>नेतृत्वका लागि कडा प्रतिस्पर्धा</span>

एक दशकपछि हुन लागेको नेपाल तरुण दल मोरङको अधिवेशनमा नेतृत्वका लागि कडा प्रतिस्पर्धा हुने देखिएको छ । कांग्रेस एकीकरणपछि दलको अधिवेशन भएको थिएन । पछिल्लोपटक दलको अधिवेशन हुने निश्चित भएपछि नेतृत्वका लागि उम्मेदवारहरूको ताँती लागेको छ ।
दलको मोरङ जिल्ला अधिवेशन भोली र शनिबार विराटनगरमा हुँदैछ । यसअघि गाउँ, वडा, गाविस, नगर र क्षेत्रीयस्तरका अधिवेशन सम्पन्न भइसकेको छ ।
जिल्ला नेतृत्व हत्याउन यतिबेला आधा दर्जनले दाबेदारी गरेका छन् । उनीहरूले घोषित रूपमै आफ्नो उम्मेदवारी सार्वजनिक गरेका छन् । हालसम्म दलको अध्यक्षका लागि चर्चामा आएका नाममा दीपक चापागाईं, रमेश राजवंशी, कविराज कुँवर, प्रभाकर थापा (संजय), बाबुराजा कोइराला र यज्ञ कार्की छन् । उनीहरू सबै पार्टीप्रति प्रतिबद्ध र सक्रिय देखिन्छन् ।
दलमा सबैले आ–आफ्नो ठाउँबाट योगदान पु¥याइरहेका छन् । अध्यक्षमा धेरैजना आकांक्षी देखिएका कारण सर्वसम्मत हुने सम्भावना नभएको कांग्रेसका एक जिल्ला नेताले बताए ।
अध्यक्षका अधिकांश आकांक्षीहरू नेताकोमा भन्दा पनि कार्यकर्तासित भोट माग्न व्यस्त भएको देखिन्छ । उम्मेदवारहरू गाउँ–गाउँ पुगेर आफूलाई जिताउन आग्रह गरिरहेका छन् ।
दलको उपाध्यक्षमा हालसम्म खगेन्द्र थापा (खेम) को मात्रै नाम सार्वजनिक भएको छ । कोषाध्यक्षमा लक्ष्मीप्रसाद रिजाल (अनिल) सर्वसम्मत हुने सम्भावना देखिएको छ ।
५ सय ६५ मतदाता रहेको दलको अधिवेशनले ३ वर्षका लागि नयाँ नेतृत्व छनौट गर्नेछ । यो चौथो अधिवेशन हो ।
अधिवेशनको उद्घाटनसत्र स्थानीय वीरेन्द्र सभागृहमा हुनेछ भने निर्वाचन पार्टी कार्यालय पोखरियामा हुने दलले जनाएको छ ।
..........

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्