कानुनि प्रक्रिया झन्जटिलो हुदा पिडितले न्याय भन्दा थप पिडा पाउने गरेको गुनासो

<span class='c1'>कानुनि प्रक्रिया झन्जटिलो हुदा पिडितले न्याय भन्दा</span> <span class='c2'> थप पिडा पाउने गरेको गुनासो</span>

झन्जटिलो कानुनि प्रक्रियाका कारण यौन हिंसामा परेका बालिकाहरुले न्याय पाउन नसकेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

अन्तराष्ट्रिय बाल दिवसको सन्दर्भ पारेर साझा सवालका लागि साझा मञ्च कोकन र पूर्वाञ्चल मानव अधिकार संजालले आज विराटनगरमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै महिला अधिकारकर्मीहरुले यस्तो बताएका हुन् । कार्यक्रममा बालिकामाथि हुने यौन जन्य दुव्र्यवहा र त्यसबाट संरक्ष्ँणका लागि सोकारवालाहरुको भुमिकाको विषयमा छलफल गरिएको थियो । कार्यक्रममा बोल्दै विभिन्न संघसंस्थामा आबद्ध महिला अधिकारकर्मीहरुले कानुनि प्रक्रिया झन्जटिलो हुदा पिडितले न्याय भन्दा पनि थप पिडा पाउने गरेको गुनासो गरे । कार्यक्रममा बोल्दै उनिहरुले पिडित बालिकाहरुको श्वास्थ्य जाचको क्रममा कोशि अञ्चल अस्पताल गम्भीर नहुदा बालिकाहरु थप हतोत्साहित हुने बताए । मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्किले सामाजिक परिवेश र आर्थिक अवस्था कमजोर हुदा बालिकाहरु यौन जन्य हिंसामा पर्ने गरेको उल्ल्ोख गर्नुभयो ।

महिला तथा बालबालिका कार्यलय विराटनगरकी प्रमुख महेश्वरी विष्टले जिल्लामा विभिन्न संघसंस्था र विभिन्न समितिहरु भएपनि उनिहरु सक्रिय हुन नसकेको बताउनुभयो । उनिहरु सक्रिय नहुदा आफुहरुसंग भएको कोषहरु समेत खर्च नभईरहेको उहाको भनाई छ ।

कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोग क्ष्ँेत्रीय कार्यलय विराटनगरका निर्देशक कोषराज न्यौपानेले उजुरी गर्ने हद म्याद नाघेका पिडित बालिका तथा महिलाहरुको तथ्याङ्क शंकलन गर्ने र उनिहरुलाई न्यान दिने जिम्मा राज्यले लिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा ईन्सेक पूर्वाञ्चलका संयोजक शोमनाथ थापा, प्रहरी नायब उपरिक्ष्ँक जगन्नाथ गौतम, जिल्ला अदालत मोरङका शाखा अधिकृत हरीप्रसाद रेग्मी, लगायत विभिन्न संघसंस्थामा आबद्ध महिला अधिकारकर्मीहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्