तरुण दल मोरङको जिल्ला अधिवेशन आजदेखी सुरु

<span class='c1'>तरुण दल मोरङको जिल्ला</span> <span class='c2'>अधिवेशन आजदेखी सुरु</span>

बिराटनगर,मङ्सिर ०५ : तरुण दल मोरङको जिल्ला अधिवेशन आजदेखी सुरु भएको छ । चौथो अधिवेशनको स्थानीय वीरेन्द्र सभागृहमा कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले उद्घाटन गर्नु भएको हो ।
कांग्रेसको एकीकरणपछि अधिवेशन हुन सकेको थिएन । उद्घाटन समारोहलाई सम्बोधन गर्दै कोइरालाले देश निर्माणको जिम्मा अब युवाको काँधमा आएको बताउनु भयो । उहाँले युवाशक्ति अगाडि नबढेसम्म देश निर्माण हुन नसक्ने बताउँदै सम्पूर्ण युवा एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिनु भयो ।
कोइरालाले जुनसुकै संघीय प्रदेश भए पनि त्यसको राजधानी विराटनगर बनाउनुपर्ने समेत माग गर्नु भएको छ । कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरे, सभासद अमृत अर्याल, डिगबहादुर लिम्बू, तरुण दलका केन्द्रीय अध्यक्ष उदय शमशेर राणालगायतले सहमतिमा नेतृत्व छनौट गर्नुपर्नेमा जोड दिनु भएको छ ।
अधिवेशनले नयाँ नेतृत्वसमेत छनौट गर्नेछ । नेतृत्वका लागि ६ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । हालसम्म दलको अध्यक्षका लागि चर्चामा आएका नाममा दीपक चापागाईं, रमेश राजवंशी, कविराज कुँवर, प्रभाकर थापा (संजय), बाबुराजा कोइराला र यज्ञ कार्की छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्