तीन बुँदे मागसहित नेपाल सद्भावना पार्टीले आज जिल्ला प्रशासन कार्यालयमा धर्ना

<span class='c1'>तीन बुँदे मागसहित नेपाल सद्भावना पार्टीले</span> <span class='c2'>आज जिल्ला प्रशासन कार्यालयमा धर्ना</span>

बिराटनगर,मङ्सिर ०५ : संविधानसभाबाट जारी हुने संविधानमा मधेसको आफ्नै संसद्सहितको समग्र मधेस एक प्रदेशको घोषणा हुनुपर्नेलगायतका तीन बुँदे मागसहित नेपाल सद्भावना पार्टीले आज जिल्ला प्रशासन कार्यालयमा धर्नासहित विरोध प्रदर्शन गरेको छ ।
सद्भावना पार्टीद्वारा गरिएको धर्नाले कार्यालयको कामसमेत प्रभावित भएको छ । जिल्ला प्रशासन कार्यालयमा सद्भावना पार्टीले हिजो तीन बँुदे मागसहित ज्ञापनपत्र बुझाएको थियो ।
ज्ञापनपत्रमा संविधानसभामा मधेसी र महिलालाई लक्ष्यित गरी प्रस्ताव गरिएको विभेदकारी र प्रतिगमनका नागरिकता कानुनको प्रस्ताव खारेज गर्नुपर्ने र तराईबाट सशस्त्र प्रहरीबलको शिविर हटाउनुपर्नेलगायतका माग उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्