सन् २०१६ सम्ममा मोरङ सुनसरी सर्लाही तथा महोत्तरीका ३५ सय यूवालाई स्वरोजगार तालिम दिइने

<span class='c1'>सन् २०१६ सम्ममा मोरङ सुनसरी सर्लाही तथा</span> <span class='c2'>महोत्तरीका ३५ सय यूवालाई स्वरोजगार तालिम दिइने</span>

स्विस कन्ट्रायक्टको सहयोगमा सन् २०१६ सम्ममा मोरङ सुनसरी सर्लाही तथा महोत्तरीका ३५ सय यूवालाई स्वरोजगार तालिम दिइने भएको छ ।
स्वीस कन्ट्याक्ट नेपालका प्रतिनिधि उज्जवल अधिकारीले युवा लक्षित परियोजनाले तालिम संचालन गर्दै आएको बताउनु भयो । उहाँले सन २०१६ सम्म पैतिस सय युवाहरुलाई तालिम प्रदान गरी रोजगारी उपलब्ध गराउने लक्ष्य लिएको वताउनु भयो ।
उहा“ले युवा स्वरोजगार कार्यक्रमले हाल फर्निचर वनाउने, ईलेक्ट्रिशियन, प्लम्वर, सिलाई कटाई, व्यूटिशीयन, मेकानिक, चालक, मोवाईल रिपेयर लगायतको तालिम प्रदान गर्दै आएको वताउनु भयो ।
आज बिराटनगरमा उद्योग संगठन मोरङ र स्वीस कन्ट्रायक्टको सयूक्त आयोजनामा सम्पन्न कार्यशालामा संगठनका अध्यक्ष शिवसंकर अग्रवालले स्विस कन्ट्रायक्टको तालिमले यूवाहरुलाई स्वरोजगार बन्न सहयोग पुग्ने बताउनु भयो ।
उहाँले वजारको आवश्यकता पहिचान गरी त्यही अनुसारको तालिम प्रदान गर्न समेत अनुरोध गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्