प्रेम देवान
विराटनगर ८ मंसिर. नेपाल पत्रकार महासंघ मोरङले समयमै संविधान निर्माणमा दबाब दिन प्रमुख जिल्ला अधिकारी मार्फत संविधान सभा अध्यक्षलाई स्मरण पत्र बुझाएको छ । विहान पत्रकार महांसघ बाट गएको पत्रकारहरुको टोलीले मोरङका प्रमुखजिल्ला अधिकारी गणेशराज कार्की मार्फत स्मरण पत्र बुझाएको हो ।
पत्रकारको पेशागत तथा भौतिक सुरक्षा र समग्र पत्रकारिताको व्यावसायिक विकाससँगै संविधान निर्माणको तीन महिने विशेष अभियानका क्रममा स्मरण पत्र वुझाइएको नेपाल पत्रकार महासंघ मोरङले जनाएको छ ।
यस्तै महासंघ झापा शाखाले आज झापाका प्रमुख जिल्ला अधिकारी मार्फत संविधान सभाका अध्यक्षलाई समयमै संविधान निर्माणका लागि दवाव दिन स्मरण पत्र बुझाएको छ ।
पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासहितको लोकतान्त्रिक संविधान निर्माणमा ध्यान केन्द्रित गरी ‘नेपाली जनतासँग गरेको बाचा नतोडौं, २०७१ माघ ८ भित्रै संविधान निर्माण गरौं’ भन्ने मूल आह्वानसहित महासंघका केन्द्रीय सदस्य तथा पूर्वाञ्चल संयोजक गणेश पोखरेल सहितको टोलीले स्मरण पत्र बुझाएको हो ।