२७ औ विश्व एड्स दिवस भव्यरुपमा मनाउने तयारी

<span class='c1'>२७ औ विश्व एड्स</span> <span class='c2'>दिवस भव्यरुपमा मनाउने तयारी</span>

मोरङमा एड्सबाट संक्रमण देखिनेको सख्या १,२४६ जना

प्रेम देवान

विराटनगर ८ मंसिर । २७ औ विश्व एड्स दिवसको अवसरमा एच आईभीएड्स संग कार्यरत सघसंस्थाका संञ्जालहरुले विराटनगरमा भव्यताका साथ सप्तव्यापी कार्यक्रम गर्ने भएको छ ।

जिल्ला एड्स समन्वय समिती मोरङ तथा सप्तव्यापी मुल समारोह समिती लगायत व्यावस्थापन समितीले सोमबार जिल्ला विकास कार्यलय मोरङको सभाहलमा पत्रकार सम्मेलन गरी कार्यक्रम गर्ने बारे जानकारी गराएको हो । समितीले मंसिर ९ गतेबाट १५ गते विविध कार्यक्रम गर्ने जनाएको छ । सप्तव्यापी कार्यक्रम अन्तर्गत पहिलो दिनदेखी मंसिर ९ गते देखी १५ गतेसम्म एचआईभी एड्सबाट कसरी बच्न सकिन्छ भन्ने खालको सन्देश प्रबाह गर्ने खालको लेख रचनाहरु स्थानिय पत्रपत्रिका, टिभि , रेडियो र अनलाईन मार्फत प्रकासन तथा प्रशासरण गर्ने भएका छन् । कार्यक्रम अन्र्तगत आगामी मंसिर १५ गते विहान ८ बजे जिल्ला विकास समिती मोरङको कार्यलयबाट विराटनगरमा प्रभातफेरी निकालि, विराटनगरको विभिन्न नगर परिक्रममा गर्ने जिविस मोरङका एड्स समन्वय शाखाका बरिष्ठ परामर्सदाता क्षत्र बजगाईले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो । बजगाईका अनुसार जिविस मोरङको कार्यलयबाट निकालिएको प्रभातफेरी नगरको विभिन्न भाग परिक्रमा गरी विराटनगरको बी प्लटमा रहेको खाली जग्गामा आएर कोण सभामा परिणत हुने बताउनुभयो । सोही दिन एचआईभी संग कार्यरत संस्थाहरुको स्टल संचालन गर्ने तथा कार्यलयको उदघाटन पनि रहेको बताउनुभयो ।

कार्यक्रममा जिविस मोरङको एड्स शाखाले दिएको जानकारी अनुसार मोरङ जिल्लामा २०४७ सालदेखी ०७१ असार मसान्तसम्म १ हजार २ सय ४६ जना एचआईभी एड्सबाट संक्रमित भएको जनाएको छ । मृत्यु हनेको संख्या १२४ पुरुष ४८ जना महिला रहेका छन् । त्यसैगरी २०७० देखी २०७१ असार सम्म ८१ जना रहेको तथ्याङक रहेको छ । हाल सम्म मृत्यु हुनेका संख्या ९ जना पुरुष र ५ जना महिला गरी १४ जनाको मृत्यु भइसकेको छ । जिल्लामा असुरिक्षत यौन सम्पर्कका कारण संक्रमति हुनेहरु अधिकाश पुरुष बढी रहेका छन् । पुरुष ८ सय ४५ र महिला ३ सय ९९ जना संक्रमित रहेको तथ्याङकमा उल्लेख छ । हाल सम्म असुरक्षित यौन कार्यमा संलग्न नभएपनि खुल्ला सिमानाको कारण भारतमा श्रीमान् रोजगारमा जानु र त्यहाबाट संक्रमित हुने गरेको बताएको छ । खास गरी न्यून आय आर्जन भएका घरपरिवारबाट भारतमा मजदुरी गरेर र्फकीनेहरु र उनीहरुका पत्नी तथा तिनका छोरा छरोरीमा संक्रमण देखिएको कार्यलयले जनाएको छ । मोरङ जिल्लाका प्राय सबै गाविसहरुमा संक्रमित भएको पाईएको छ । खासगरी सीमावर्ती गाविस र राजमार्गसंग जोडिएको स्थानहरुमा एचआइभी संक्रमित देखीएको बजागाईले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्