एक दिने जिल्ला जलवायु तथा उर्जा योजना तर्जुमा गोष्ठि विराटनगरमा सम्पन्न

<span class='c1'>एक दिने जिल्ला जलवायु तथा उर्जा</span> <span class='c2'>योजना तर्जुमा गोष्ठि विराटनगरमा सम्पन्न</span>

जिल्ला विकास समिति मोरङको आयोजनामा एक दिने जिल्ला जलवायु तथा उर्जा योजना तर्जुमा गोष्ठि आज विराटनगरमा सम्पन्न भएको छ ।

कार्यक्रममा वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र खुमलटार काठमाण्डौ र जिल्ला विकास समिति मोरङले बनाएको जिल्लाको जलवायु तथा उर्जा सम्बन्धी पन्चवर्षे योजनाको विषयमा सरोकारवाला निकाय विच छलफल गरिएको थियो । कार्यक्रममा कृषि कार्यालय, जिल्ला वन कार्यालय, वन तथा भुसंरक्ष्ँण कार्यालय, वायो ग्यास, र विभिन्न सोलार कम्पनिहरुको सहभागिता रहेको थियो । सरोकारवाला निकायहरु संगको छलफल पश्चात जलवायु तथा उर्जा सम्बन्धी पञ्चवर्षे योजना पारित गरिने जिविसले जनाएको छ । पञ्चवर्षे योजनामा वन विनासलाई रोक्ने, त्यसका लागि घरघरमा सुधारिएको चुलो प्रयोगमा ल्याउने, वायो ग्यास उत्पादन गर्ने, मट्टीतेलको प्रयोगमा कमी ल्याएर शौर्य उर्जा सोलारलाई प्राथमिकता दिने लगायतका योजनाहरु बनाईएको जिविसिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्