निचिरेन शोशु अध्यात्मिक शिक्षा नेपाललमा फैलाउदै

निचिरेन शोशु अध्यात्मिक शिक्षा नेपाललमा फैलाउदै

 

प्रेम  देवान

विराटनगर ९ मंसिर

जापानमा केन्द्र रहेको निचिरेन शोशु अध्यात्मिक संस्था नेपालमै पहिलो पटक निचिरेनको शिक्षालाई नेपालमा फैलाउन आईपुगेको छ ।

यसका साथै आगामी मंसिर १६ गते पहिलो विराटनगरमा वृहद सदस्य सम्मेलन गर्ने जनाएको छ । संस्थाले विराटनगरमा मंङलबार पत्रकार सम्मेलनगरी सो कुराको जानकारी गराएको हो ।

संस्थाले विराटनगरको सहिदरंगसालमा जापानका अध्यात्मिक २ जना गुरुहरुको सहभागितामा मंसिर–१६ गते वृह्द सम्मेलन हुने संस्थाका केन्द्रीय अध्यक्ष ईश्वर वहादुर क्षेत्रीले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो । ।

खास गरी गौतमवुद्धको मार्गलाइ आधुनिक तवरवाट परिमार्जितगर्दै निचिरेनको शिक्षालाई नेपालमा फैलाउन पहिलो पटक विराटनगर सम्मेलनगर्न लागेको अध्यक्ष क्षेत्रीले बताउनुभयो ।

सम्मेलनको तयारी भइरहेको र सम्मेलनमा नारायणी अञ्चल लगायत पुर्वका ३ हजारभन्दा वढि सदस्य सहभागिता रहने उहाले जानकारी दिनुभयो ।

नेपालमा गत असार २ अध्यात्मिक सस्थाको स्थापना भएको ५ महिनाको अवधीमा १० हजार सदस्य आवद्ध रहेको संस्थाले जनाएको छ ।

सम्मेलनमा जापानका दुइजना मुख्य गूरुहरुले शिक्षा दिने छन । यो शिक्षा २० राष्ट्रमा फैलिएको र विश्वभर सस्थाका ५ लाख सदस्य रहेको संस्थाका डाइरेक्टर आकुरा कोजुले जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्