धानमा रोग नलाग्दा उत्पादन वृद्धि

धानमा रोग नलाग्दा उत्पादन वृद्धि

समयमै पानी नपरेकाले पूर्वाञ्चलमा यो वर्ष धान उत्पादनमा ह्रास आउने अनुमान गरिएको थियो । तर धान रोप्ने समयमा पर्याप्त वर्षा नभए पनि धानमा रोग नलाग्दा उत्पादन वृद्धि भएको छ ।
पूर्वाञ्चलका विभिन्न जिल्लाका किसानहरूले यसवर्ष सिचाई अभावका कारण समयमै धान रोप्न पाएका थिएनन् । क्ष्ँेत्रीय कृषि निर्देशनालय विराटनगरले पनि वर्षायाममा समेत लामो समयसम्म पानी नपरी खडेरी लागेकाले यसवर्ष धान उत्पादनमा हस आउने अनुमान गरेको थियो । तर ढिलै भए पनि लगातार वर्षा भई मौसम अनुकूल रहेको र धानमा अघिल्ला वर्षहरुमा जस्तो रोगको प्रकोप देखा नपरेकाले यस वर्ष धान उत्पादनमा बृद्धि भएको निर्देशनालयले जनाएको छ । गत वर्षभन्दा यस वर्ष धान उत्पादनमा १७ प्रतिशतले वृद्धि भएको निमित्त निर्देशक मदनकुमार श्रेष्ठको भनाइ छ ।

अघिल्ला वर्षमा भन्दा यस वर्ष धान उत्पादनमा वृद्धि भएपछि कृषकहरु पनि हर्षित छन् । मोरङ कटहरीका कृषक दुर्गा भण्डारी समयमै पानी नपरेर धान रोप्न केही ढिला भएपनि मौसम अनुकूल ह“ुदा र रोग नलागेकाले अघिल्लो वर्षभन्दा धानबाली राम्रो भएको बताउनुहुन्छ ।

निर्देशनालयको तथ्याङ्कअनुसार गत वर्ष पूर्वाञ्चलमा ११ लाख ४९ हजार ८ सय ४२ मेट्रिक्टन धान उत्पादन भएको थियो । यस वर्ष १३ लाख ९७ हजार ७ सय ६० मेट्रिक्टन धान उत्पादन भएको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्