मोरङ सुनसरीका उखु कृषकहरु उन्नत जातको उखु खेतीतर्फ आकर्षित

मोरङ सुनसरीका उखु कृषकहरु उन्नत जातको उखु खेतीतर्फ आकर्षित

मोरङ सुनसरीका उखु कृषकहरु उन्नत जातको उखु खेतीतर्फ आकर्षित् भएका छन् । अन्य प्रजातिको उखु भन्दा सिओजी पचासी प्रजातिको उखु बढि उत्पादन हुने तथा किराको प्रकोप पनि कम हुने भएकाले कृषकहरु उन्नत जातको उखु खेतितर्फ आकर्षित भएका हुन् ।

हरेक वर्ष किराको प्रकोपमा कारण उखुको उत्पादन घट्तै गएकाले मोरङ र सुनसरीका उखु कृषकहरु उखु खेतिबाट पलायन हुने अवस्थामा पुगेका थिए । तर उन्नत प्रजातिको उखुमा रोगको प्रकोप नहुने र बढि उत्पादन हुने भएपछि यसतर्फ आफुहरु आकर्षित भएको कृषकहरुको भनाई छ ।

सुनसरीको बेलहास्थित इष्टन सुगरमिलले आइएफसी नामक संस्था सँगको साझेदारीमा उन्नत प्रजातीको उखुको नमुना खेति गरेपछि कृषकहरु समेत त्यसतर्फ आकर्षित भएका हुन् । सुगरमिलले उत्पादनमा बृद्धि गराउने उद्देश्यले कृषकहरुलाई आकर्षित गर्न मोरङ र सुनसरीमा मात्रै १२ वटा प्लटमा नमुना खेति गरिएको मिलका उप–प्रवन्धक सुरेशप्रसाद मेहता बताउनु हुन्छ ।

अन्य प्रजातिको उखु भन्दा उन्नत प्रजातिको सिओजि पचासि उखुको उत्पादन बढि हुने उहाँ बताउनुहुन्छ । यसरी पुरानो प्रजातिको उखुमा भन्दा उन्नत प्रजातिको उखु लगाउदा बढि उत्पादन हुने भएपछि आफुहरु यसतर्फ आकर्षित भएको उखु कृषक तिर्थेन्द्र न्यौपाने बताउनुहुन्छ ।

पुरानो प्रजातिको उखु भन्दा उन्नत प्रजातिको उखुमा किराको प्रकोप नहुने, सुख्खा क्षेत्र र बढी पानी भएको दुवै ठाउँमा उत्पादन बढि हुने इस्टर्न सुगरमिलका लागि आइएफसिका कार्यक्रम संयोजक नविन खनाल बताउनुहुन्छ ।

अन्य प्रजातिको उखुप्रति विगाहा २ सयदेखि ३ सय क्विन्टल उत्पादन हुनेमा यो प्रजातिको उखु भने प्रति क्विन्टल १ हजारदेखि १२ सय क्विन्टल सम्म उत्पादन हुने मिलले जनाएको छ । मोरङ र सुनसरीमा हाल १० हजार विगाहामा उखु खेति हुँदै आएको छ । जसमध्ये ४ हजार विगाहामा उन्न्नत खेति गरिएको छ । तथापि समयमा उखुको मुल्य निर्धारण नहुने र समयमै भुक्तानी नपाउदा कृषकहरु भने मारमा पर्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्