मंसिर २८ गते प्याब्सन स्र्पोट्स मिटको सुरु हुने

<span class='c1'>मंसिर २८ गते प्याब्सन</span> <span class='c2'>स्र्पोट्स मिटको सुरु हुने</span>

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन) मोरङले मंसिर २८ गते प्याब्सन स्र्पोट्स मिटको सुरु हुने जनाएको छ ।
स्र्पोट्स मिटको नवौ संकरण पौष १ गते सम्म संचालन हुने भएकोछ । स्र्पोट्स मिटमा एथलेटीक्सका २५ बटा भन्दा बढी बिधामा प्रतियोगिता संचालन हुने प्याब्सनका कोषाध्यक्ष प्रेमलाल सिंह सुवाल बताउनु भयो ।
प्रतियोगिता संचालनकोलागि १० वटा उपसमितिहरु गठन गरि जिम्मवारी बाडफाड गरिसकिएको र सम्पूर्ण सदस्य बिद्यालयहरुलाई पत्रचार गरिसकिएको सचिव राजेश आचार्यले बताउनु भयो । प्रतियोगितामा मोरङका १५० भन्दा बढि विद्यालयका एकहजार भन्दा बढि खेलाडीहरुले सहभागि हुने अनुमान आयोजकको रहेको छ । प्याब्सन मोरङमा २१३ बटा संस्थागत बिद्यालयहरु आबद्ध रहेकाछन् ।
संस्थागत बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई पढाइका साथसाथै उत्कृष्ट खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ बिगत ८ बर्षदेखि स्र्पोट्स मिट संचालन गरिराखेका अध्यक्ष टीकाराम ढकालले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्