लैङ्गिक हिंसा समाधान गर्ने विषयमा पुरुषलाई समान साझेदार बनाइनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
लैङ्गिक समानताका लागि पुरुष सहभागिता सञ्जाल, गैरसरकारी स“स्था महासंघ र नेपाल प्रहरीको संयुक्त पहलमा आज विराटनगरमा भएको कार्यक्रममा बोल्दै सरोकारवालाहरुले लैङ्गिक हिंसा अन्त्यकालागि पुरुषको सहभागिता आबश्यक रहेकोमा जोड दिएका हुन् । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै लैङिक समानताकालागि पुरुष सहभागिता सञ्जालकी सदस्य मीना विष्टले परम्परागत पुरुषत्वले महिलामाथि लैङ्गिक हिंसामात्र गराउने नभइ बालबालिका, यूवा, तेश्रो लिङ्गि र पुरुषमाथि नै नकारात्मक असर पारिरहेको धारणा राख्नुभयो । उहा“ले त्यस्तो अवस्था न्यूनिकरणकालागि पुरुष तथा युवाहरुले पनि लैङ्गिक हिंसा बिरुद्ध आवाज उठाउन आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रमका अर्का वक्ता जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक ठुले राईले एउटै पक्षले गरेको प्रयास प्रभावकारी हुन नसक्ने धारणा राख्दै हिंसा न्यूनिकरणकालागि पुरुषलाई पनि समान रुपमा सहभागी गराउनु पर्ने बताउनुभयो । यस्तै क्षेत्रीय अनुसन्धान समुहका प्रहरी नायब उपरीक्ष्ँक राजकुमार बैद्वारले लागूऔषध र विलासिताका साधनको मोहले समेत महिलामाथि हुने हिंसामा बृद्धि भएको विचार व्यक्त गर्नुभयो ।