आज विश्व एड्स दिवस ।

<span class='c1'>आज विश्व एड्स</span> <span class='c2'>दिवस ।</span>

download (3)आज विश्व एड्स दिवस । एचआईभीको नयाँ संक्रमण, भेदभाव र एड्सबाट हुने मृत्युलाई शून्यमा पु¥याउ भन्ने नारा सहित दिबस मनाइदैछ ।
एचआइभी र एड्स सम्वन्धी जनचेतना जगाउन र विरामीहरुलाई उपचार तथा हेरचाहमा ध्यान दिन र विश्वब्यापी ध्यानाकर्षण गराउनसन् १९८८ देखि हरेक वर्ष डिसेम्वर १ मा विश्व एड्स दिवस मनाउन थालिएको हो ।
हाल विश्वमा करिव ३ करोड ५० लाख मानिस एड्स रोगबाट संक्रमित रहेको तथ्यांक छ । नेपालमा भने ४० हजार ७ सय २३ एचआईभी एड्स संक्रमित रहेको सरकारी तथ्यांक छ ।
नेपालमा एड्स सम्वन्धि उपचारका लागि देशका विभिन्न स्थानमा ५२ केन्द्र स्थापना गरी सरकारले उपचार तथा परामर्श उपलव्ध गराउँदै आएको छ ।
एड्स दिबसको अबसरमा स्बास्थ्य संग संम्बन्धित कार्यक्रम संचालन गर्दै आएक विभिन्न सघसस्था तथा सरकारी कार्यालयले मोरङमा आज विभिन्न कार्यक्रमको आयोजना गर्दैछन् ।
मोरंग जिल्ला यो वर्ष ८१ जना नया एचआइभी संक्रमित फेला परेका छन । जसमध्ये पुरुषको सख्यां ३३ रहेको जिल्ला विकास समितको एड्स समन्वय शाखाले जनाएको छ ।
समन्वय समिती सयोजक क्षेत्र वजगाइले मोरङमा एचआइभी सक्रमितको सख्यां १२ सय ४६ पुगेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्