२७ औ विश्व एड्स समापन दिवस भव्यरुपमा मनाईैदै

२७ औ विश्व एड्स समापन दिवस भव्यरुपमा मनाईैदै

 

news for ourविराटनगर बी प्लटमा एक दिने सचेतना क्याम्प जारी

प्रेम देवान

विराटनगर १५ मंसिर । २७ औ विश्व एड्स दिवसको अवसरमा एच आईभीएड्स संग कार्यरत सघसंस्थाका संञ्जालहरुले विराटनगर बी प्लटमा रहेको खालि जग्गामा एक दिने एच आईभी एड्स सम्बन्धी सचेतना क्याम्प प्रदशनीमा राखिएको छ ।

आज विहानबाट जिविस कार्यलय मोरङबाट निकालिएको प्रभातफेरीमा विराटनगरमा एचआईभीसंग कार्यरत संघ सस्था, सरकारीकार्यलयका कर्मचारी, नसिङ कलेजका विद्यार्थी, संञ्चारकर्मी, नेपाल प्रहरी संहितको व्याण्डबाजा सहित नगर परिक्रममा गरीएको थियो ।

एचआईभीको नयां संक्रमण ,भेदभाव र एड्स बाट हुने मृत्यु शुन्यमा पुर्यौ भन्ने नारा सहति नगरपरिक्रमका क्रममा जिविसबाट हस्पीटल चोक , शनिमन्दिर हुदै महेन्द्र चोक बाट ट्राफिक चोक हुदै विप्लटमा गएर कोण सभा गरीएको थियो । कोण सभामा बोल्दै वक्ताहरुले एचआईभीको संक्रमित संख्यलाई शुन्यमा पुर्यौ र भेदभावरहित बनाऔं भन्नेमा जोड दिएका थिए । एचआईभी एड्स सम्बन्धी जनचेतनालाई अझ प्रभावकारी ढंगले सम्बन्धीत निकायलाई आग्रह गरिएको थियो । कार्यक्रमा जयदेवकोटाले एचआईभी एड्स सम्बन्धी जनचेतना शहरमा मात्र नभएर गांउ गांउका विद्यालयहरुमा रहेका किशोर किशोरीहरुलाई पनि लगेर जनचेतना पैmलाउनुपर्ने बताउनु भयो । हाल स्टलमा विराटनगर लगायत र्पुवि मोरङ, ईटहरी, धरानबाट समेत एचआईभी एड्सका संघसस्थाहरुको सभागिता रहेको ििजविस मोरङका एड्स समन्वय शाखाका बरिष्ठ परामर्सदाता क्षत्र बजगाईले जानकारी दिनुभयो ।

समितीले गत मंसिर ९ गतेबाट आज १५ गते विविध कार्यक्रम गरेर समापन गर्ने जनाएको छ । कार्यक्रम आन्र्तगत एचआईभी एड्सबाट कसरी बच्न सकिन्छ भन्ने खालको सन्देश प्रबाह गर्ने खालको लेख रचनाहरु स्थानिय पत्रपत्रिका, टिभि , रेडियो र अनलाईन मार्फत प्रकासन तथा प्रशासरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्