अव वन्ने नया संविधानमा श्रमिकहरुको हक अधिकार शुनिश्चित हुनुपर्ने:नेपाल कारखान श्रमिक संघ मोरंग

अव वन्ने नया संविधानमा श्रमिकहरुको हक अधिकार शुनिश्चित हुनुपर्ने:नेपाल कारखान श्रमिक संघ मोरंग

मंसिर १५

नेपाल ट्रेड युनियन कांग्रेस संग आवद्ध नेपाल कारखान श्रमिक संघ मोरंगको पहिलो जिल्ला परिषद आज मोरंगको कटहरीमा सम्पन्न भएको छ ।

अव वन्ने नया संविधानमा श्रमिकहरुको हक अधिकार शुनिश्चित हुनुपर्ने , श्रम ऐन तथा सामाजिक सुरक्षा ऐन चाँडै कार्यान्वयन हुनुपर्ने लगायतका मुख्य एजेन्डा सहित परिषद् सम्पन्न भएको हो । परिषद्को उद्घाटन कार्यक्रममा वोल्दै नेपाल ट्रेड युनियन कांग्रेसका पुर्वाञ्चल अध्यक्ष नारायण वावु कार्कीले श्रमिकहरुको हक हितका लागी श्रम ऐन भन्दापनी सामाजिक सुरक्षा ऐन आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा बोल्दै नेपाल श्रमिक संघका सह अध्यक्ष सुरेस भगतले सोचे अनुसार मजदुरका लागी ट्रेड युनियन हरुले काम गर्न नसकेको गुनासो गर्नुभयो । कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेसका सह कोषाध्यक्ष जनार्धन निरौला, ट्रेड युनियन कांग्रेस मोरङका कार्यवाहक अध्यक्ष सुशिल कोइराला, पुर्वाञ्चल उपाध्यक्ष ज्योति कोइराला, प्रेश युनियन मोरङका पुर्व अध्यक्ष कुमोद अधिकारी , ट्रेड युनियनका डिक वहादुर घिमिरेले श्रमिकहरुको हक हितका लागी निर्धारित समयमा संविधान आउनुपर्नेमा जोड दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्