नेपाल विद्युत् प्राधिकरणको विराटनगर शाखाले दुई हजार वटा मिटर जडान गर्ने भएको छ ।
विद्युत् चोरी बढ्न थालेपछि गत वर्षदेखि बन्द रहेको मिटर वितरणको काम सुरु गरेको प्राधिकरणको विराटनगर शाखाका इन्जिनियर अवधेशकुमार गुप्ताले जानकारी दिनुभयो ।
गत असोजदेखि वितरण गर्ने भनिए पनि प्राधिकरणबाटै मिटर जडान गर्न ढिलाइ गरेको गुनासो गरेका छन् ।