यातायात श्रमिक तथा होटल श्रमिकहरूको लागि लागुऔषध, सवारी दुर्घटना न्युनिकरण तथा नागरिक सुरक्षा सम्बन्धि खुल्ला सचेतना कार्यक्रम

<span class='c1'>यातायात श्रमिक तथा होटल श्रमिकहरूको लागि लागुऔषध, सवारी दुर्घटना</span> <span class='c2'>न्युनिकरण तथा नागरिक सुरक्षा सम्बन्धि खुल्ला सचेतना कार्यक्रम</span>

लागु औषध दुव्र्यसनी विरुद्ध जनचेतना जगाउने उदेश्यले यातायात र होटलका श्रमीकहरुलाई सचेत गराउन  प्रहरीले विराटनगरमा सचेतना कार्यक्रम गरेको छ ।

वडा प्रहरी कार्यालय(क) बिराटनगरले नेपाल यातायात स्वतन्त्र मजदुर संगठन बिराटनगर र होटल व्यवसायी संघ बिराटनगरसँगको समन्वयमा आज विराटनगर बसपार्कमा यातायात श्रमिक तथा होटल श्रमिकहरूको लागि लागुऔषध, सवारी दुर्घटना न्युनिकरण तथा नागरिक सुरक्षा सम्बन्धि खुल्ला सचेतना कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा वडा प्रहरी कार्यालयका(क)बिराटनगरका प्रहरी निरीक्षक गोविन्द राज काफ्लेले सुरक्षा सम्बन्धी जानकारी गराउनु हुदै लागु औषध प्रयोगबाट पर्न सक्ने असर र दुस्परिणामको बारेमा जानकारी गराउनु भएको छ ।

कार्यक्रममा सचेतनामूलक सन्देश र लागुऔषध सम्बन्धि चेतना मूलक भिडीयो समाग्री समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा यातायात क्षेत्र, होटल व्यवसायसँग सम्बन्धित करिब २सय श्रमीकहरुको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्