यौन दुव्र्यवहार सहितका विभिन्न हिंसाजन्य अपराधिक गतिविधिहरुबाट किशोरीहरु प्रताडित

यौन दुव्र्यवहार सहितका विभिन्न हिंसाजन्य अपराधिक गतिविधिहरुबाट किशोरीहरु प्रताडित

यौन दुव्र्यवहार सहितका विभिन्न हिंसाजन्य अपराधिक गतिविधिहरुबाट किशोरीहरु प्रताडित हुनु परेको विराटनगरमा  आयोजित एक कार्यक्रममा सहभागि किशोरीहरुले वताएका छन ।

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा किशोरी संरक्षणका लागि नागरिक समाज सञ्जाल मोरङ र सिविन विराटनगरले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा उनीहरुले सो गुनासो गरेका हुन । किशोरीहरुले वाटो, सार्वजनिक स्थान र अस्पतालहरुमा समेत दुव्र्यवहार सहनु परेको गुनासो पोखे ।

दुव्र्यवहारमा परेका किशोरीलाई समाजमा नराम्रो दृष्टिकोणले हेर्ने गरिएको उनीहरुले बताए । कार्यक्रममा मुख्य न्यायाधीश शेखर पौडेलले महिला हिंसाको बिषयमा अदालत संबेदनशिल रहेको बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले भने परम्परागत समाजका कारण कतिपय किशोरीहरुले घटना वाहिर ल्याउन नसकी सहेर वस्नु पर्ने अवस्था रहेको वताउनु भयो । कार्यक्रममा जिल्ला वार एसोसिएसनका अध्यक्ष विनयराज पाण्डे, स्थानीय विकास अधिकारी नारायण मैनाली, सिविन नेपालकी विष्णु पौडेल, किशोरी संरक्षणका लागि नागरिक समाज सञ्जालकी विष्णु शर्मा लगायतले बोल्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्