वर्डफ्लुको खतरा र त्यसबाट बच्न अपनाइने विधिका बारेमा जानकारी

वर्डफ्लुको खतरा र त्यसबाट बच्न अपनाइने विधिका बारेमा जानकारी

वर्ड फ्लु रोग परिर्वतीत वातावरणमा झन शक्तीशाली बन्दै गएको पशु सेवा विभागका महानिर्देशक केशब प्रेमीले वताउनु भएको छ । विराटनगरमा वर्डफ्लु रोग नियन्त्रणसँग सम्बन्धित सरोकारवाला पक्षसँग अन्तरक्रियामा उहाँले यस्तो बताउनु भएको हो ।
नेपाल सरकार कृषि विकास मन्त्रालय पशु सेवा विभागको वर्ड फ्लु नियन्त्रणको आयोजनामा भएको अन्तरक्रियामा पूर्वाञ्चलका सरोकारवाला पक्षको उपस्थिति रहेको थियो ।
कार्यक्रममा पशु सेवा विभागका महानिर्देशक प्रेमीले वर्डफ्लुको खतरा र त्यसबाट बच्न अपनाइने विधिका बारेमा जानकारी दिनु भएको छ । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै वर्डफ्लु वातावरणका हिसावले परिवर्तित स्वरुपमा झन् शक्तिशाली बन्दै आइरहेको उहाँको भनाई छ । यसको नियन्त्रणका लागि जैवीक सुरक्षामा ध्यान दिन अत्यावश्यक रहेकोमा उनले जोड दिए ।
कार्यक्रममा सहभागिहरुले खुल्ला सीमाका कारण वर्डफ्लुको जोखिम भने नेपालमा उच्च रहेको भन्दै त्यसलाई नियन्त्रण गर्न प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिए ।
नेपाल अण्डा उत्पादक सङ्घका अध्यक्ष शिवराम केसीले वर्ड फ्लु नियन्त्रणमा सवैको सहकार्य आवश्यक रहेको बताए । यद्यपी केही पंक्षिमा वर्डफ्लु लागेको आशंका गर्दैमा हजारौं पंक्षि नष्ट गर्ने क्रमलाई भने बन्द गर्नुपर्नेमा जोड दिए ।
उपस्थित कृषकहरुले वर्डफ्लु सम्बन्धी सचेतना ग्रामिण भेगका साना किसानसम्म पु¥याउनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्