किराँत लिम्बू समुदायको महान् पर्व चासोःक तङ्नामअन्तर्गत दोस्रो दिन कुलाङ दाक्मामाको सरसफाइ

<span class='c1'>किराँत लिम्बू समुदायको महान् पर्व चासोःक तङ्नामअन्तर्गत</span> <span class='c2'>दोस्रो दिन कुलाङ दाक्मामाको  सरसफाइ</span>

किराँत लिम्बू समुदायको महान् पर्व चासोःक तङ्नामअन्तर्गत दोस्रो दिन कुलाङ दाक्मामा घर सफा गरी सफा पानीले सिञ्चित गरेको दियो बाली सार्वजनिक स्थानको सरसफाइ गरिएको छ ।
खेतबालीमा रोपिएको अन्नबाली पाकेपछि आफ्ना कुल इष्टदेवतालाई अर्पण गरेर मात्र आफूले खान हुने विश्वास छ ।
तीनदिन मनाइने चासोक तङ्नामका बेला लिम्बू जातिले आआफ्नो घरमा मीठोमसिनो खाने, छोरी चेली माइत आउँदा चेसुङ लिएर आउने, शुभकामना आदानप्रदान गर्ने तथा छरछिमेकमा हुुक्वा खानेकुरा साटासाट गर्ने चलन छ । सहर बजारमा पनि सामूहिक रुपमा मनाउने चलन बढ्दै गएको छ ।
लिम्बु जातीको बाहुल्यता रहेका स्थानमा सडक, मन्दिरलगायत सार्वजनिकस्थल सफा गरी दियो बालेर चाभिन कार्य पनि सम्पन्न गरिएको छ ।
चासोःक तङनामअन्तर्गत आज माङवा हाङ्वा नाक्माअर्थात् ईश्वरबाट बल माग्ने कार्यका साथै मनोरञ्जनात्मक कार्यक्रम हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्