अन्तर बिद्यालय पुर्वाञ्चल स्तरिय हेरिटेज पेन्टिङ प्रतियोगिता बिराटनगरमा सम्पन्न

अन्तर बिद्यालय पुर्वाञ्चल स्तरिय हेरिटेज पेन्टिङ प्रतियोगिता बिराटनगरमा सम्पन्न

तेश्रो एनएमबी बैंक अन्तर बिद्यालय पुर्वाञ्चल स्तरिय हेरिटेज पेन्टिङ प्रतियोगिता बिराटनगरमा सम्पन्न भएको छ ।

बिराटनगरको गुरुकुलमा आयोजित प्रतियोगितामा नेपालको सम्पदालाई बिद्यार्थीले पेन्टिङ गर्दै तस्विरमा उतारेका थिए । बैकले संस्थागत सामाजिक दायित्व सम्पदा संरक्षणको क्षेत्रमा योगदान दिने उद्देश्यले क्षेत्रीय स्तरको प्रतियोगिताको आयोजना गरिएको आयोजकको भनाई छ । बैङ्कका विराटनगर शाखा प्रबन्धक राजेश तिम्सिनाले पहिले काठमाण्डौमा मात्र हुने प्रतियोगितामा तिनबर्ष देखि क्षेत्रीय स्तरमा प्रतियोगिताको आयोजना गरि काठमाण्डौले उत्कृष्ट ५ जनालाई पुरस्कार दिने जानकारी दिनुभयो । प्रतियोगितामा बिराटनगर, धरान र विर्तामोडबाट प्रतियोगि सहभागि थिए । २० छात्रा र १७ छात्र सहभागी प्रतियोगितामा ३७ वटा बिद्यालयका बिद्यार्थीको सहभागिता रहेको थियो । प्रतियोगिताबाट उत्कृष्ट ५ जनालाई नगद २० हजारका दरले पुरस्कृत गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको अन्तिम परिणाम बैकको हेरिटेज वाक २०१५ का अवसरमा घोषणा गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्