जब मान्छेले कर्म विर्सिन्छ
मान्छे हुनुको मर्म विर्सिन्छ ।
हाड छालामा बेरिएका रोवटहरु
आउने छन् हतियार सुसज्जित झुण्डमा
तव विनासका प्रलयहरु म देख्न थाल्छु ,
आखै अगाडी घुम्छ फिल्मी रिल झै
म देख्छु हतियारको धारहरु
म देख्छु बम बारुदको बर्षा
कतै निष्पट्ट अध्यारो र कतै आगाको लप्काहरु
हाड छालामा बेरीएका रोवटहरु
रगतको प्यास बोकेर डौदिन्छन ।
तर पनि एक दिप शान्तिको
एक बत्ति समृद्धिको
एक ज्योती मानबताको
कहि पाउछु कि
यस्तो काल कालो चक्रमा
म फेरी यस्तै खोजी रहन्छु ।
रगतको आहालमा
एक गुलाफ छोपीयो की
म खोज्छु
बारुदको लप्कामा
शान्ति दिप देखिन्छ ।
हो ,
अन्त्य सम्म म खोज्छु
मानबमा मानबता पलाउछ
मेरो धरामा
हृदय भएका बौरिएर
एक दिन अबस्य आउने छन् ।
आसाबादी छु ।
शान्ति समृद्धि र मानबताको
दिप कसैले त यहाँ जलाउछन् ।