माघ ८ मै संविधान आउनु पर्ने बाध्यता नरहेको : तमलोपा नेपालका महामन्त्री शर्वेन्द्रनाथ शुक्ला

माघ ८ मै संविधान आउनु पर्ने बाध्यता नरहेको : तमलोपा नेपालका महामन्त्री शर्वेन्द्रनाथ शुक्ला

तमलोपा नेपालका महामन्त्री तथा संसदिय दलका नेता शर्वेन्द्रनाथ शुक्लाले माघ ८ मै संविधान आउनु पर्ने बाध्यता नरहेको बताउनु भएको छ ।
आज विराटनगरमा तमलोपा नेपालले गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता शुक्लाले सहमती नभए माघ ८ मै संविधान जारी गर्नु पर्छ भन्ने नरहेको बताउनु भयो । उहाँले संविधान जारी गर्न सहमती हुन मुख्य पक्ष रहेको भन्दै सहमती भए जहिले संविधान जारी गर्दा हुने बताउनु भयो ।
राज्य पुनसंरचनाको लागी प्रदेशको संख्या महत्वपुर्ण बिषय नभएको भन्दै उहाँले विभेद अन्त्य गर्ने गरि पुनसंरचना गर्न आबस्यक
रहेको बताउनु भयो । उहाँले नेकपा एमाले ,नेपाली काँग्रेस र एनेकपा माओबादीले माघ ८ गते संविधान जारी गर्न बेलैमा सहमती गर्नु पर्ने बताउनु भयो । उहाँले माघ ८ मा संविधान जारी हुने संभाबना न्युन रहेको समेत बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्