शारीरिकरुपमा अपांगता भएपनि विश्व शान्तिको कामना गर्दै विश्वयात्रामा निस्केका दुई यात्रुहरु आर्थिक अभावमा

शारीरिकरुपमा अपांगता भएपनि विश्व शान्तिको कामना गर्दै विश्वयात्रामा निस्केका दुई यात्रुहरु आर्थिक अभावमा

शारीरिकरुपमा अपांगता भएपनि विश्व शान्तिको कामना गर्दै विश्वयात्रामा निस्केका दुई यात्रुहरु आर्थिक अभावमा परका छन् । शान्ति सेवा गृह काठमाण्डौका अध्यक्ष्ँ तेजबहादुर कार्कि र सोहि संस्थाका नौलोसहकारी बोगटि आर्थिक अभावमा परेका हुन् ।

शारीरिकरुपमा अपांगता भएपनि अपांगताहरुलेपनि चाहेको खण्डमा जस्तो सुकै काम पनि गर्न सक्छन् भनेर विश्वलाई नै देखाउने र विश्व सामु आफ्नो देशको मान राख्ने लक्ष्य राखेर उनिहरु २०६१ साल मै विश्व यात्रामा निस्केका थिए । दुवै खुट्टा नभएका ५० वर्षिय तेजबहादुर कार्कि शारिरिक रुपमा अपांग भएर के भो त हामि पनि केहि गर्न सक्छौ र विश्व सामु आफ्नो देशको मान चिनाउन सक्छौ भनेर विश्व यात्रा सुरु गरेको बताउछन् ।

२०६१ सालमा यात्रा सुरु गरेका उनिहरुले हाल सम्म नेपालको पचहत्तर वटै जिल्ला र अन्य राष्ट्रहरु भारत, बंगलादेश , पाकिस्तान, बर्मा, भुटान, श्रीलंका लगायत आठ राष्ट्रहरुको भ्रमण गरिसकेका छन् । विश्वसामु अपांगता भएकाहरुको क्ष्ँमता र आफ्नो राष्ट्रको पनि पहिचान गराउन विश्व यात्रामा निस्केका तेजबहादुर कार्कि र नौलोसहकारी बोगटिले आर्थिक अभावले गर्दा यात्रा अवरुद्ध भएको भन्दै सहयोगका लागि याचना गरेका छन् ।

उनिहरुले विराटनगरमा एक कार्यक्रम गर्दै आफुहरुलाई सहयोग गर्न विराटनगर उपमहानगरवासी र विभिन्न संघसंस्थाहरु संग आर्थिक सहयोगका लागि आग्रह गरेका हुन् । अपांगता भएकाहरुले देशको नाम विश्व सामु राख्न सक्दछन् भनेर देखाउन विश्व यात्रामा निस्केका उनिहरुको यात्रा अहिले भने आर्थिक अभावले अवरुद्ध बनेको छ । अपांगता भएकाहरुको पहिचान विश्वसामु गराउन निस्केका उनिहरुलाई सहयोग गर्नु हामि सबैको कर्तव्य हो । विश्वास र हिम्मत भए शारिरिक रुपमा अपांगता भएपनि केहि गर्न सकिन्छ भन्ने उदाहरण विश्व सामु प्रस्तुत गर्न निस्केका उनिहरुको यात्रा सफल बनाउन हामि सबैले सहयोग गर्न जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्