आदिवसीको अधिकार मागेर हैन लडेर लिनुपर्ने

आदिवसीको अधिकार मागेर हैन लडेर लिनुपर्ने

 

जनजाती नगर परिषदमा अध्यक्षमा गनगाई सचिवमा देवान

प्रेम देवान

विरानगर २२ मंसिर ।

आदिवासी जानजातीहरुले राज्यबाट पाउनु पर्ने अधिकारका सेवाुविधाहरु अझै पनि बञ्चीत हुनु परेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

नेपाल आदिवासी जनजाती महांसघ नगर समन्वय परिषद मोरङको दोस्रो अधिवेशन कार्यक्रममा आदिवासी जनजातीका अग्रज वक्ताहरुले राज्यबाट प्रधान गरिएका सेवासुविधाहरु कुन ठांउमा गएर अड्किन्छ त्यसको खोज अनुसन्धान गर्नुपर्ने बताएका छन् । कार्यक्रममा नेपाल आदिवासी जनजानती महांसघ मोरङका अध्यक्ष मिलन राईले राज्यको कोषबाट सेवा सुविधा छुटाईए पनि बिचमा आएर हराउने गरेका बताए । अध्यक्ष राईले विराटनगर उपहांनगरपालिकामा लाखौ देखी करौडौ रुपैयामा आधिवासीको नाममा रकम छुटाइए पनि त्यो आदिवासीकहां नपुग्ने गरेको गुनासो गरे ।

आफ्नो अधिकार प्राप्ती गर्न अब मागेर हैन लडेर लिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा मोरङ जिल्लाका बरिष्ठ सल्लाकार भुराज राई, उपाध्यक्ष नर बा. मोक्तान , जयनारायण पाख्रिन लगायतले आदिवासी जनजातीको हकहित र संरक्षण गर्न सम्पुर्ण जातिय संघ सस्था एक भए मात्र अधिकार प्राप्त गर्न

कार्यक्रममा विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपाल प्रसाद रेग्मीले अदिवासी जनाजातीको नाममा आएको सेवा सुविधालाई अब आफ्नो कार्यकाल अवधिभरी पारदर्शीमा रुपमा संचालन गर्ने तर उनीहरुले योजनारुपमा आदिवासीको हकहितमा कार्य गर्नु पर्नेमा जोड दिए । आदिवसीको लागी म आफ्नो सस्थागत रुपमा मात्र नभएर व्यात्तीगत रेग्मीको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता जनाए ।

यसैविच नेपाल आदिवासी जनजाती महासघ मोरङ अध्यक्ष मिलन राईको उपस्थितीमा आईतबार राती अबेर सम्म भएको अधिवेशनले सुरेस सिह गनगाईको अध्यक्षतामा १५ सदस्यि निर्वीरोध निर्वाचित भएका छन् । परिषदको उपाध्यक्षमा जयकुमार श्रेष्ठ सचिवमा प्रेम कुमार देवान , सह सचिवमा किसान गुरुङ र कोषध्यक्षमा गोविन्द उराव रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा ढक बहादुर मगर , नरेस सिंह दनुवार, निर्मल कुमार राजवंशी , कुष्ण कुमार सरदार खुसिीलाल ताजपुरीय , जगत चेमजोङ ,पिके चाम्लिङ , देवीमाया धिमाल, सुरेस तामाङ र अरविन्द कुमार मण्डल रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्