द्वन्द्व पिडितले मानव अधिकार दिवस मनाए

द्वन्द्व पिडितले मानव अधिकार दिवस मनाए

 

विराटनगर , मंसिर २४ गते बुधबार

प्रशान्त निरौला

अन्तराष्टिय मानव अधिकार दिवस २०७१को सन्र्दभमा मानव अधिकार तथा द्धन्द पीडितहरुको साझा चौतारीले अन्तक्रिया कार्यक्रम सम्पन्न गरेका छन् ।

पुर्वाञ्चल द्धन्द पिडितहरुको साझा चौतारी द्धारा बुधवार पुर्वाञ्चलका ८ जिल्लाका द्धन्द पीडितहरुको सहभागिता रहेको एक कार्यक्रम आयोजना गरि मानव अधिकार दिवश मनाएका छन् । वेपत्ता परिवार समाजका अध्यक्ष रुपेश शाहले कार्यक्रममा द्वन्द्व पिडित आफैले अधिकारका लागि सचेत हुनुपर्ने भन्दै सबै लाई नेतृत्व लिनका लागि क्षमता विकास गर्नु पर्ने कुरा बताउनु भएको थियो ।

वेपत्ता परिवारहरुलाई झारो टार्ने काम मात्र भएको भन्दै दोसिलाई जसरी पनि सजायको भगिदार बनाउनु पर्ने भन्दै पीडित पक्षबाट शसक्त आवाज उठाएर सरकारसंग लड्ने अवस्ता आएको धारणा सहभागिहरुले व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्