रोग लागेर पशु मरेमा ९० प्रतिशत बीमा रकम

रोग लागेर पशु मरेमा ९० प्रतिशत बीमा रकम

मोरङ जिल्लामा पशु बीमा कार्यक्रमतर्फ कृÈकको आकर्Èण्ँ बढ्दो अवस्थामा रहेको पाइएको छ । रोग लागेर पशु मरेमा ९० प्रतिशत बीमा रकम Ôतिपूर्तिबापत कृÈकले रकम पाउन थालेपछि पशु बीमा कार्यक्रम तर्फ कृषकहरुको आकर्षण बढ्न थालेको हो ।

जिल्ला पशु सेवा कार्यालय मोरङले पशु बीमा कार्यक्रम सञ्चालन गर्न सुरु गरेको छ । व्यवसायिक रुपमा पशुपालन गर्दै आएका कृषकहरु विभिन्न रोगलागेर पशुहरुको मृत्यु हुदा लाखौको नोक्सानि बेहोर्न बाध्य थिए । तर जिल्लामा पशु बिमा कार्यक्रम लागु भएपछि समस्याको समाधान भएको कृषकहरु बताउछन् ।

गत आर्थिक वर्ष देखि सुरु भएको पशुबिमा कार्यक्रम अन्तरर्गत मोरङ जिल्लामा एनएलजी ईन्स्योरेन्स , प्राईम ईन्स्योरेन्स लगायतका कन्पनीहरुले बिमा गराईरहेको जिल्ला पशु सेवा कार्यालय मोरङले जनाएको छ । जिल्लाका विभिन्न गाविस तथा नगरपालिकालगायतका कृषकहरुले १ हजार भन्दा बढि पशुको बीमा गराएको कार्यालयले जनाएको छ । कृषकहरुले गाई, बाख्रा, बंगुर र केहि स्थानमा हा“सको समेत बिमा गराईरहेको पशु विकास अधिकृत डाक्टर गंगाराम यादव बताउहुन्छ । पशुबिमा कार्यक्रम बाट कृषकहरुलाई निकै फाईदा भएको उहाको भनाई छ

उहा“का अनुसार सरकारले पनि पशु बीमा कार्यक्रममा कृÈकलाई अनुदान दि“दै आएको छ । लोकल जातको पशुमा ३ प्रतिशत, क्रसब्रिडको ४ प्रतिशत र उन्नत जातको पशुको ५ प्रतिशत प्रिमियम पर्छ । त्यसको ५० प्रतिशत रकम सरकारले अनुदान स्वरुप कृषकहरुलाई दिने गरेको छ । कृÈकले रु एक लाखको पशु बीमा गर्दा वार्Èिक ५ हजार प्रिमियम तिर्नुपर्छ तर सरकारले ५० प्रतिशत अनुदान दिने हुदा कृषकहरुले वार्षिक रु २ हजार ५ सय मात्रै प्रिमियम बुझाउनुपर्ने र बा“कि २ हजार ५ सय प्रिमियम सरकारले तिर्ने पशु कार्यालयले जनाएको छ ।

५० प्रतिशतको अनुदानलाई बढाएर ७५ प्रतिशत पु¥याउने योजना रहेको पशु विकास अधिकृत डाक्टर गंगाराम यादव बताउहुन्छ । विरामी पशुको कुनै लापरवाही नगरिकन उपचारको क्रममा मरेमा जिल्ला पशु सेवा कार्यालय मोरङको सिफारिसमा कृÈकले सजिलैस“ग बीमा रकम पाउने व्यवस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्