आदिवासी जनजाती नगरको पद हस्तान्तण

आदिवासी जनजाती नगरको पद हस्तान्तण

 

विराटनगर २६ मंसिर ।

आदिवसाी जनजातीहरुको आफ्नो हक अधिकार राज्यबाट प्राप्ति गर्नका लागी आफु स्वयम एक जुट भएर अगाडी बढ्नुुपर्ने आदिवासी जनजाती अगुवाहरुले जोड दिएका छन् ।

नेपाल आदिवासी जनजाती महासंघ नगर समन्वय परिषद् विराटनगरको शुक्रकार भएको विदाई तथा पद हस्तान्तण कार्यक्रममा उनीहरुले सो विषयमा जोड दिएका हुन् । राज्य स्तरबाट आदिवासी जनजातीलाई लक्षित गरी विभिन्न क्षेत्रमा छुटाईएको बजेट प्राप्ती गर्न जातिय संस्थाहरु एक भए मात्र संम्भव हुने उनीहरुले बताए । कार्यक्रमका प्रमुख अतिथी नेवा .दे . दवु जिल्ला कार्य समिती मोरङका अध्यक्ष देवेन्द्र मास्केले आदिवासी जनजातीहरु आपसी मनमुटावका कारण एक हुन नुसकेको भन्दै अब त्यस्तो गलत मनशायबाट टाढा हुने पर्ने बताउनुभयो । मास्केले हामी आदिवासीहरुलाई राज्यले अझै पनि हक अधिकार पाउनबाट बञ्चित पारेका गुनासो गर्दे अब हामीले एक आपसमा सबै जातिय संघ सस्थाहरु काधमा काध मिलाएर अगाडी पर्नेमा जोड दिनुभयो । कार्यक्रममा गन्गाई कल्याण परिषद केन्द्रिय कार्यलयका अध्यक्ष स्याम मण्डलले आदिवासी जनजातीहरुको ,भाषा, संस्कार र परम्परालाई जोगाई राख्न अहिलेका पिडीले दहे भुमिका खेल्नु पर्ने बताउनु भयो । उहांले आफ्नो भाषा सस्कृती हराउदै गएका कारण यसलाइृ जोगाउनु आश्वश्यक रहेको बताउनु भयो । कार्यक्रममा किरात याक्खा छुम्माका केन्द्रिय कोषाध्यक्ष भुपेन्द्र देवान, निर्वतमान अध्यक्ष मिलन राई , नव निर्वाचित अध्यक्ष सुरेस गनगाईले आदिवासीका हक हितका बारेमा वकालत गर्नुभएको नगर परिषदका सचिव प्रेम देवानले जनाकारी दिनुभयो ।

कार्यक्रममा परिषदका निवर्तमान कार्यसमितीका पदाधिकारीहरुले नयांकमर्य समितीलाई फुलमाला र दोहसल्लाले स्वागत गर्दै पद हस्तान्तण गरेको सचिव देवानले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्