एउटै मञ्चमा पाँचवटा कृतिको विमोचन

एउटै मञ्चमा पाँचवटा कृतिको विमोचन

एउटै मञ्चमा शनिबार विराटनगरमा पाँचवटा कृतिको विमोचन गरिएको छ ।
पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले आयोजना गरेको कार्यक्रममा भाषाशास्त्री बालकृष्ण पोखरेलले पाँच कृति विमोचन गर्नु भएको हो ।
२८ वर्षीया सिर्जना प्रसाईं ढुंगानाको कवितासङ्ग्रह अन्तर्मनको आवाजदेखि ८० वर्षीय रोहिणीप्रसाद खनालको वैराग्य विभव महाकाव्य विमोचन गरिएको छ ।
समारोहमा पाँच दशकदेखि समालोचना र आख्यान साहित्यमा सक्रिय दधिराज सुवेदीको सौन्दर्य कवितासङ्ग्रहको पनि विमोचन गरियो ।
सुवेदीका दुई दर्जन बढी विभिन्न विधाका कृति प्रकाशित भइसकेका छन् । त्यस्तै देवमणि गुरागाईंको नेपाल बोल्छ र रेखबहादुर भट्टराईको देश दुखेको बेला कवितासङ्ग्रहको पनि भाषाशास्त्री पोखरेलले विमोचन गर्नु भयो । विमोचित कृतिका बारेमा साहित्यकार कविराज न्यौपाने, दधिराज सुवेदी, भूषण ढुंगेल, गंगाधर कट्टेल र गण्डकीपुत्रले टिप्पणी गर्नु भएको छ ।
कार्यक्रममा भाषाशास्त्री पोखरेल, प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेल, वाणी प्रकाशनका अध्यक्ष खेम नेपाली, स्रष्टा समाज नेपालका अध्यक्ष पवन आलोक, कवि एवं पत्रकार मीनकुमार नवोदितलगायतले कृतीको बिषयमा धारणा राख्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्