कृषि क्षेत्रमा ऋण नदिने बैंकलाई कार्वाही गरिने : गभर्नर खतिवडा

<span class='c1'>कृषि क्षेत्रमा ऋण नदिने बैंकलाई कार्वाही</span> <span class='c2'>गरिने : गभर्नर  खतिवडा</span>

नेपाल राष्ट्रबंैकका गभर्नर डाक्टर युवराज खतिवडाले कृषि क्षेत्रमा ऋण नदिने बैंकलाई कार्वाही गरिने बताउनुभएको छ ।

सप्तकोशी बैंक लिमिटेड टंकिसिनुवारीको विराटनगर स्थित सेठीया मार्केटमा कर्पोरेट तथा छैटौं शाखा कार्यालय उद्घाटन गर्दै उहाले यस्तो बताउनुभएको हो । उहाले कृषि क्षेत्रमा सरकारले समेत ऋण अनुदान दिने नीति लिएकाले राष्ट्र बैंकको निर्देशन अनुसार कृषिमा क्रण नदिने बैंकलाई कार्वाही गर्ने बताउनुभयो ।

उहाले पाँच सय र एक हजार दरका भारतीय नोटहरू नेपालमा पनि सटहीको व्यवस्था गर्न भारत सरकारले शैद्धान्तिक निर्णय गरे पनि भारतीय रिजर्व बैंकले नेपाल राष्ट्र बैंकलाई पत्र नपठाई कार्यान्वयनमा नआउने जानकारी दिनुभयो । ठूलो परिमाणमा नगद भारु दिन सिमीत गरिने भन्दै भारुको कारोबार बैंकिङ प्रणालीबाट मात्रै गर्न पनि उहोले निर्देशन दिनुभयो । कार्यक्रममा सप्तकोशी बैंकका अध्यक्ष तारा निरौला, कार्यकारी प्रमुख नविन सुवेदीले बैंकको वित्तीय अवस्था र भावि कार्ययोजनाबारे जानकारी दिनुभयो । कार्यक्रममा गभर्नर खतिवडाले उत्कृष्ट व्यवसायी सम्मानबाट सावित्रा बाख्रापालन फर्म मोरङका सञ्चालक फडिन्द्र सुवेदीलाई सम्मानित पनि गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्