विराटनगर उपमहानगरपालिका दिन दिनै निरकुंश बन्दै गएको आरोप

विराटनगर उपमहानगरपालिका दिन दिनै निरकुंश बन्दै गएको  आरोप

विराटनगर उपमहानगरपालिका दिन दिनै निरकुंश बन्दै गएको एक कार्यक्रमका वक्ताहरुले आरोप लगाएका छन् ।

नागरीक अधिकार संरक्षण समाज विराटनगरले आज आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै नागरीक अगुवाहरुले यस्तो आरोप लगाएका हुन् । कार्यक्रममा बोल्दै उनिहरुले उपमहानगरपालिकाले नगरका पुराना संरचनाहरु भत्काएको भन्दै विरोध जनाए । उनिहरुले पर्यटकिय दृष्टिकोणले पुरानो संरचना यथावतराखी विकास निर्माणका काम गर्न आग्रह गरे । कार्यक्रममा बोल्दै समाजका अध्यक्ष राजेन्द्रप्रसाद गुप्ताले उपमहानगरपालिकाले नागरिकहरुको सहमतिवेगर नगरमा विकासको नाममा तोडफेड गरिरहेको प्रति आपत्ति जनाउनुभयो ।

कार्यक्रममा बोल्दै उहाले उपमहानगरपालिकाले लगाएको कर नगरवासीहरुको सामथ्र्यभन्दा बाहिर रहेको भन्दै अवैज्ञानिक कर खारेजको माग गर्नुभयो । साथै नगरमा लाग्ने हाटबजारले यातायात व्यवस्थापनमा समस्इाभएको भन्दै उहाले हाटबजारको लागि उपयुक्त स्थान निर्माणका लागि आग्रह गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्