हिन्दु राष्ट्र बनाउन जनमतसंग्रह गर्नु पर्ने: खड्का

<span class='c1'>हिन्दु राष्ट्र बनाउन जनमतसंग्रह</span> <span class='c2'>गर्नु पर्ने:  खड्का</span>

प्रेम देवान

विराटनगर २८,मङसिर । नेपाली काग्रेसका केन्द्रिय सदस्य खुम बहादुर खड्काले मुलुकलाई सनातन हिन्दुराष्ट्र कायम गर्न जनमतसंग्रह गर्नुपर्ने बताउनुभएको छ ।
विराटनगरमा आईतवार प्रेश युनियन मोरङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाले त्यस्तो बताउनुभएको हो । खड्काले मुलुकलाई हिन्दुराष्ट्र पुनह कायम नगरे निकट भविष्यमा धार्मिक द्वन्द्व र दंगाहुने चेतावनी समेत दिनुभयो ।
नेपाल लोकतान्त्रिक मुलुक भएकाले जनताको भावना अनुकुल संविधानमा हिन्दुराष्ट्र बनाउन जनमत संग्रह गर्नु पर्ने बताउनुभएको हो ।उहांले अर्को एक प्रशङगमा भन्नुभयो तत्काल केहि नभए पनि १५, २० वर्ष पछाडी मुलुकमा धार्मिक दंगा र द्वन्द्वको सिर्जना हुन्छ , नेपालमा भयावह हुनेछ‘। उहाले नेपालमा शनातन हिन्दुधर्मालम्वी ९४ प्रतिशत रहेकाले परम्परागत संस्कृति , संस्कार र रितिरिवाज जोगाउन हिन्दुराष्ट्रको विकल्प नरहेको दावी गर्नुभयो । उहाले आफु केन्द्रिय सदस्य रहेको नेपाली काग्रेसको कुनै पनि निकायमा मुुलुकलाई हिन्दुराष्ट्र बनाउने निर्णय नभएको बताउदै भन्नुभयो–‘ पार्टीको महासमितिको बैठक वाट निर्णय गरे स्वीकार गर्ने छौ ‘। आफुले व्यक्तिगत रुपमा संघियतालाई समेत स्वीकार नगरेको तर पार्टीले आपना सवै निकायवाट मुलुकलाई संघिय राज्य बनाउने निर्णय गरेकाले स्वीकार गरेको स्मरण गर्नुहुदै उहाले मुलुकलाई धर्मनिरपेक्ष बाउने विषयमा महासमितिको वैठक वाट बहुमतले पारित गरे आफुले स्वीकार गर्ने वा पार्टी छोड्नेको विषयमा विचार गर्ने बताउनुभयो ।
हिन्दुराष्ट्र मुलुक हुदा कुनै पनि धर्मालम्बीहरुको संस्कृति र धर्मप्रति कुनै प्रतिबन्ध विगतमा नरहेकोले मुलुकलाई किन धर्मनिरपेक्ष बनाउने उहाले प्रतिप्रश्न गर्नुभयो । उहाले नयाँ संविधानमा हिन्दुुराष्ट्र कायम नभए मुलुकमा आन्दोलनको सुरवात हुने चेतावनी समेत दिनुभयो । अर्को प्रसङमा उहाले दलहरुको सहमतिमा संविधान जारी भएमात्र मुलुकमा दिगो रुपमा शान्ति र स्थिरता कायम हुने धारणा राख्नुभयो । एमाले,काग्रेस तथा राप्रपा नेपालले प्रक्रियाको माध्यमले बहुमतको आडमा संविधान जारी गरेको स्थाई रुपमा शान्ति मुलुकमा स्थापना नहुने भएकाले संविधानसभा भन्दा बाहिर रहेका दलहरु संग समेत सहमति गरेर संविधान जारी गर्नुको आवश्कता रहेको विचार व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्