मारवाडी प्रिमियर लिग हुने

मारवाडी प्रिमियर लिग हुने

 

प्रशान्त निरौला

२०७१ मंसिर २८ गते

मारवाडी युवा मञ्च नेपालले नेपाली मारवाडी समुदायका युवा बिच क्रिकेट प्रतियोगिता गर्ने भएको छ । पौष २,३,४र ५ गते विराटनगरमा हुने प्रतियोगितामा मारवाडी समुदाय भित्रका अग्रवाल युवा मंच , महेश्वरी युवा मञ्च , ब्राम्हणय युवा मंच , स्वर्णकार युवा मंच र ओसवाल युवा मंच विच प्रतियोगिता गराउने आयोजक अग्रवाल युवा मञ्चका अध्यक्ष दिपक अग्रवालले आईतवार पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो ।

मारवाडी समुदायका युवाहरुबिच भातृत्वको विकास गर्ने साथै सो समुदायका युवाहरुलाई खेलमा अगाडी बढाउने उदेश्यले खेल आयोजना गरिएको बताइएको छ ।खेलमा क्रमशः प्रथम र द्धितीयलाई २१हजार र १५ हजार प्रदान गरिने जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्